नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 519 · वि.सं. २०२६

नि.नं. 519 — घर बाहाल हर्जाना दिलार्र्र्ई चलन चलार्ई पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) जग्गा मिच्नेको १८ नं.–बहालको निमित्त नालेस गरेको मितिले उपरोक्त ऐनबमोजिम ३ बर्ष अगाडि (दावा सो भन्दा बढी भए पनि) देखि मात्र दुबै पक्षको मुख मिले बमोजिमको बाहाल भरी पाउने । सर्वप्रथम घरको बाहाल वादी दावीबमोजिम पाउने नपाउने के हो र यदि पाउने भए के कति पाउने हो ? त्यसतर्फ विचार गर्दा महिना १ को रु.२००। का दरले बाहाल तिरी आएको भनी दुबै पक्षको मुख मिलेको देखिएको जग्गा मिच्नेको १८ नं. ले ३ बर्षसम्मको नालेस लाग्ने व्यवस्था भएको र प्रस्तुत मुद्दाको नालेस २०।८।२२।१ मा मात्र परेको देखिएकाले ०१७।८।२३ देखि ०२०।८।२२ गते तक बर्ष ३ को बाहाल महिना १ को रु.२००। का दरले ३ बर्षको रु.७२००। रुपैंया मात्र प्रतिवादीबाट वादीले भरी पाउने र बढी बाहाल दावी गरेकोमा नपाउने ठहराएको का.वि.अ.का मुनासिबै । (प्रकरण नं. ८) (२) वादी फिराद दावीबमोजिम सवै भागको निर्णय नगरेमा–निर्णय नगेरेको दावी अपीलमा जिकिर गरेमा–सो को पनि अपील निर्णयमा ठहर गर्नुपर्ने । चलन चलाई पाउँ भन्ने तर्फ चलन चलाई पाउँ भनी वादीले फिराद दावी गरेको देखिएको दावी बमोजिमको निर्णय गर्नुपर्नेमा त्यसतर्फ काठमाडौं विशेष अदालतले निर्णय दिएको नदेखिएको र चलन चलाई पाउँ भनी अपीलाट वादीले अपील जिकिरसमेत गरेको देखिएकाले त्यसतर्फ विचार गर्दा दाता श्री ज.सिंह शमशेर जंगबहादुर राणाबाट नेपाल महिला संगठन काठमाडौं जिल्ला संगठन समिति अफिसका निमित्त का.ई.जुद्धसडकका ब्लक नं.६/४१ को रातो घर महिलाहरूको हितको निमित्त सो हितका लागि दानपत्र गरी २०।१।४।४ मा रीतपूर्वक रजिष्ट्रेशन पास गरिदिएबाट वादीतर्फबाट हक प्राप्त गरेको देखिएकोले वादी दावीको घर खाली गरिदिनु भनी अक्ष्यक्ष अंगुरबाबाले प्रतिवादीका नाउँमा सूचना पठाउँदा पनि घर खाली गरी नदिएको र चलन गर्न समेत नदिएको र चलन गर्न समेत नदेखिएकोले वादी दावीको घर चलन चलाउन पाउने ठहर्छ । (प्रकरण नं. ८) (३) कुन ऐनअन्तर्गतको दावी हो भन्ने उल्लेख गर्न नसकेमा–दावी पुग्न नसक्ने । हर्जाना क्षतिपूर्ति दिलाइपाउँ भन्ने वादी दावीको हकमा क्षतिपूर्ति भरी पाउने प्रष्ट ऐन उल्लेख गर्न वादीले नै नसकेको हुँदा त्यसतर्फ वादीको अपील जिकिर दावी पुग्न सक्दैन । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.519
मुद्दाको विषयघर बाहाल हर्जाना दिलार्र्र्ई चलन चलार्ई पाउँ
निर्णय वर्ष / मिति2022/05/01
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०२६, नि.नं. 519
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्