नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 518 · वि.सं. २०२६
नि.नं. 518 — उत्प्रेषण (०२४ सालको रि.नं.४८७
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) भूमिसम्बन्धी ऐन, २०२१ को संशोधित दफा ४५ (घ)–भोगबन्धकीमा ऋण निश्चित गर्दा साल सालको बेग्ला बेग्लै ऋण निश्चित नगरी उक्त भोगबन्धकीमा प्राप्त गरेको आयस्ता सवै एकमुष्ट जम्मा गरी सयकडा १० भन्दा बढी ठहरिन आएको रकम साँवामा कट्टा गर्नुपर्ने । ०२५।७।९।६ मा लालमोहर सदर भएको भूमिसम्बन्धी ऐन, (दोश्रो संशोधन) ऐन, ०२५ को दफा २५ ले संशोधन गरेको मुल ऐनको दफा ४५ (घ) मा थैलीको सयकडा १० भन्दा बढी आयस्तामा हुने गरी भोगबन्धकीमा भोग गरेको भए पाए जति सवै आयस्तालाई नगदीमा परिणत गरी सयकडा १० भन्दा बढी ठहरिन आएको रकम साँवामा कट्टा भएको मानिनेछ भनी उल्लेख भएको पाईन्छ, त्यसबाट पाए जति सवै आयस्तालाई नगदीमा परिणत गरी भन्ने वाक्यांशले आयस्ता सवै एकमुष्ट जम्मा गर्नुपर्ने र त्यसरी जम्मा गरेपछि सयकडा १० भन्दा बढी ठहरिन आएको रकम लिखतमा लेखिएको साँवाको अंकमा कट्टा हुने प्रष्टै छ, एउटा उजूरीबाट ऋण निश्चित गर्दा सालसालको छुट्टाछुट्टै साँवा कायम गर्दै जाने गरी यसरी निर्णय गर्न उक्त ऐनको मनसाय होईन र त्यस्तो निर्णय कानूनमा मिलेको भन्न हुने देखिँदैन । (प्रकरण नं. ५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 518 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण (०२४ सालको रि.नं.४८७ |
| निर्णय वर्ष / मिति | 2026/04/31 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२६, नि.नं. 518 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
