नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 517 · वि.सं. २०२६

नि.नं. 517 — बिजाइ विद्युत

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) न्यायप्रशासन ऐन, २०१६ को दफा ४ (क), उच्चअदालत नियमावली,०१६ को नियम १७–मुद्दा किनारा गर्ने उच्च अदालतका न्यायाधीशले जटिल संवैधानिक कानूनी प्रश्न समावेश भएको देखेमा–फैसला गरेकै अवस्थामा पुनरावेदनको म्याद दिने निस्सा फैसला मै गरी दिनहुने । मुद्दा किनारा हुने बखतमा त्यसमा जटिल प्रश्न न्यायाधीशले देखेमा पछि निस्सा गरिदिनु पर्ने कुरा देखिनेमा पहिले नै फैसला भएकै अवस्थामा न्यायाधीशले फैसलामा पुनरावेदन गर्न पाउँछ भनी निस्सा गरिदिन कानूनले रोक लगाएको रहेनछ, त्यस्तो निस्सा गरी दिन तत्कालिन उच्च अदालत सक्षम थियो, त्यसो गरेमा पक्षले पनि एकपटक बेञ्चबाट महसुस गरिसकेको कुरामा निवेदनपत्र दिनै पर्ने भनी कर परी निवेदनपत्र दर्ता गर्नु नपरी समयमा नै भएको कारवाईले मुद्दा अन्तिम हुन चाँडो सक्छ, त्यसकारण पूर्वाञ्चल उच्च अदालत डिभिजन बेञ्चबाट ०१८।२।२६ को फैसलामा पुनरावेदनको म्याद दिन पाउने गरी निस्सा गरेको मनासिव छ । (प्रकरण नं. ५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.517
मुद्दाको विषयबिजाइ विद्युत
निर्णय वर्ष / मिति2026/07/22
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२६, नि.नं. 517
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्