नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 5099 · वि.सं. २०५२

नि.नं. 5099 — लेनदेन

सिद्धान्त / नजिर सार (Headnote Summary)

आसामीले छोराको हक दर्ता तिरो भोगको जग्गा निजको मन्जुरी विना विक्री गरिदिने अधिकार नभए पनि सो बमोजिम विक्री गरी दिन्छु भन्ने त्यस्तो लिखित कच्चा ठहर्नेमा विवाद छैन । तर कसैले अरुको हकको जग्गा राजिनामा गरिदिन्छु भन्ने त्यस्तो लिखत रजिष्ट्रेशन महलको व्यवस्था अन्तर्गतको लिखत होइन भनी अर्थ गर्न नमिल्ने । (प्र.नं. १८) लिखतमा साहु आसामी बनी राजिनामा जानी २०२६ सालका वाली देखि भोग गर्नु भन्ने वाक्यांशहरुबाट आसामीले रजिष्ट्रेशन लिखत मानी लेनदेन गरेको स्पष्ट देखिन आएको स्थितिमा राजिनामा सरहका शर्तनामा भन्ने वाक्यांशबाट शर्तनामाको लिखत भनी अर्थ गर्ने स्थिति नहुने । (प्र.नं. १८) शर्तनामाकै लिखत भनी साहु आसामीका बिच लिखत भएको भए राजिनामा सरहको भन्ने वाक्यांश पर्ने अवस्था नदेखिने । (प्र.नं. १८) राजिनामा गरि दिएको भनी भएको लिखत व्यहोराबाट पास हुन सक्ने स्थितिको छैन र लिखतको प्रकृतिबाट पास हुन नसक्ने अवस्थाको देखिन्छ भने रजिष्ट्रेशनको ६ नं. बमोजिम लिए पाएको रकम कपाली सरह असुल उपर गरि लिन पाउने कानूनी व्यवस्था रहेको नै पाइने । (प्र.नं. १८) लिखतको प्रकृति पहिल्याउन लिखतमा लेखिएको कुनै एउटा वाक्यांशले मात्र पहिल्याउनु कानूनसंगत हुँदैन । लिखतको सम्पूर्ण अंशको अध्ययन गरेर मात्र यसको प्रकृति छुट्याउन पर्ने । (प्र.नं. १८) जग्गा राजिनामा गरि दिने गरी साहु आसामी बनी रुपैया लिनु दिनु गरी भएको लिखत पारित हुने अवस्थाको छैन वा पारित हुन सक्दैन भने त्यो लिखत कानूनले नै कपाली सरह हुन्छ र कपाली भएपछि सो मा उजुर गर्ने हदम्याद लेनदेन व्यवहारको २ नं. ले १० वर्षको हदम्याद हुने । (प्र.नं. १८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.5099
मुद्दाको विषयलेनदेन
निर्णय वर्ष / मिति2052/01/14
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा | माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०५२, नि.नं. 5099
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्