नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 5095 · वि.सं. २०५२
नि.नं. 5095 — उत्प्रेषणयुक्त प्रतिषेध वा उपयुक्त आज्ञा आदेश वा पूर्जी जारी गरी पाउं ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
शर्त विपरित भएपछि शर्त विपरित कार्य गर्नेको सो हदसम्म शर्ताधिन हक समाप्त भएको मान्नुपर्ने । (प्र.नं. ८) हक पक्का भैसकेकोले मात्र रजिष्ट्रेशनको ६ नं. अनुसार पर्दछ । रजिष्ट्रेशनको ६ नं.मा हक पक्का भैसकेका व्यक्ति व्यक्तिका बीच हक स्थानान्तरण हुने विषय पर्न आउने । (प्र.नं. ९) आफूले छोडपत्र गरी दिने आफैले त्यस्तो छोडपत्र बमोजिम दर्ता नहुने भन्ने दोहोरो लाभ उठाउने प्रयास गरेको देखिंदा रिट क्षेत्रबाट समन्यायिक उपचार प्रदान गर्न उपयुक्त नहु“दा निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्र.नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 5095 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त प्रतिषेध वा उपयुक्त आज्ञा आदेश वा पूर्जी जारी गरी पाउं । |
| निर्णय वर्ष / मिति | 2052/01/11 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५२, नि.नं. 5095 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
