नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 5094 · वि.सं. २०५२
नि.नं. 5094 — डांका, ज्यान मार्ने उद्योग
सिद्धान्त / नजिर सार (Headnote Summary)
शुद्ध ज्यान मार्ने उद्योग मात्र नभई डाँका समेतको बारदात भएको, सोही वारदातको सिलसिलामा ज्यान मार्ने उद्योगको घटना घटेको भन्ने पाइन्छ । डांका भएको नदेखिएपछि ज्यान मार्ने उद्योग ठहर्नका लागि प्रतिवादीले हानेको गोली लाग्ने भनिएको नैन बहादुर चन्दसँग रिसइवी नभएको अवस्थामा रण बहादुरसँग रिसइवी भएको भनी रिसइवी नभएका मानिसलाई रिस इवी साधनार्थ ज्यान मार्नका लागि गोली प्रहार गरेको भन्ने कुरा ज्यान मार्ने उद्योगको लाक्षणिक चरित्रसँग मेल खाने देखिन नआउने । (प्र.नं. ३१) मारौं भन्ने मनसाय लिई यस मानिसलाई नै हान्छु भनी गोली चलाएको अवस्थामा ज्यान मार्ने उद्योग नै हुन्छ । (प्र.नं. ३१) रण बहादुर सम्झेर गोली हान्दा नैन बहादुर चन्दलाई लागेको भन्ने भनाई ज्यान मार्ने उद्योगको अपराधको विशिष्टताले गर्दा स्वीकार्य हुन सक्ने नदेखिने । (प्र.नं. ३१) ज्यान मुद्दामा उजुर परी सकेपछि प्रतिवादीले ६ दिन पछि रिसइवी परे भनेको बाहेकको मानिसलाई रातको बखत सुतेको अवस्थामा कुमको भागमा मात्र छरसिम्म लाग्ने गरी मार्ने सम्मको कार्य गरेको भन्ने कुराको ठोस, प्रत्यक्ष एवं निश्चयात्मक प्रमाणका अभावमा मुख्य ज्यान मुद्दामा सफाई पाई सकेको अवस्थामा कसूरदार ठहराउन नमिल्ने । (प्र.नं. ३१)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 5094 |
|---|---|
| मुद्दाको विषय | डांका, ज्यान मार्ने उद्योग |
| निर्णय वर्ष / मिति | 2051/12/29 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५२, नि.नं. 5094 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
