नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 5082 · वि.सं. २०५२

नि.नं. 5082 — मोही प्रमाणपत्र पाउं

सिद्धान्त / नजिर सार (Headnote Summary)

भूमि सम्बन्धी ऐन, २०२१ ले मोही कायम हुने सम्बन्धमा गरेको व्यवस्था हेर्दा ऐनको दफा २५ को उपदफा (१) मा यो ऐन प्रारम्भ भएको मितिसम्म कुनै जग्गावालाको जग्गा मोहीको हैसियतले कमाई आएको व्यक्तिलाई सो जग्गामा यो परिच्छेद बमोजिमको मोहीको हक प्राप्त हुनेछ भन्ने र उपदफा (२) मा यो दफा प्रारम्भ भएपछि कुनै जग्गावालाले आफ्नो जग्गा कुनै व्यक्तिलाई कमाउन दिएको छ र सो व्यक्तिले मुख्य वार्षिक उब्जनीको एक वालीसम्म मोहीको हैसियतले कमाएको छ भने निज स्वतः सो जग्गाको यो परिच्छेद बमोजिमको हक प्राप्त मोही हुने व्यवस्था गरेको देखिन्छ । ऐनको दफा २५ को उपदफा १ बमोजिमको मोहीको हक प्राप्त गर्न भूमि सम्बन्धी नियम २०२१ को नियम (९) बमोजिम जोताहाको अस्थाई निस्सा प्राप्त गर्नुपर्ने र उपदफा (२) बमोजिमको मोही हक प्राप्त गर्नको लागि जग्गा धनी र मोही बीच दोहरो कबुलियत भई एक प्रति स्थानीय निकायमा समेत हुनुपर्ने सो बमोजिम भए गरेको भन्ने नदेखिंदा प्रतिवादीहरु बीच २०३४।१०।२७ मा पारित भएको अंशवण्डाको लिखतमा कि.नं. १० को जग्गामा मोही नइम खाँ उल्लेख भएकै आधारमा यी वादी विवादित जग्गाको मोही कायम हुने देखिन नआउने । (प्र.नं. ११) फिल्डबुकको कैफियत महलमा तथा प्रतिवादीहरु बीच भएको वण्डापत्रमा विवादित जग्गाको मोहीमा यी वादीको नाउँ उल्लेख भएको र दर्ता सम्बन्धमा प्रतिवादीहरुका बाबुले छुट जग्गा दर्ता गरी पाउँ भनी दिएको निवेदनमा कारवाही भई जग्गा दर्ता हुने नहुने भन्ने सम्म निर्णय गरे पुग्नेमा विवाद नै नभएको मोही हकको प्रश्नमा सो निर्णयमा मोही कायम हुने भनी भूमि प्रशासन कार्यालयले लेखी दिएको भरमा निर्णयाधारा मान्न मिल्ने नदेखिने । (प्र.नं. ११) पहिले आफ्नै जग्गा भनी दर्ता गराई सो दर्ता बदर भएपछि जग्गा धनीको हैसियतले जग्गा जोतेको कारणबाट मोही हकमा दावी गर्ने स्थिति नहुने । (प्र.नं. ११) आफ्नै हकको जग्गा कमाउने व्यक्ति सो जग्गाको मोही हुन नसक्ने । (प्र.नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.5082
मुद्दाको विषयमोही प्रमाणपत्र पाउं
निर्णय वर्ष / मिति2051/11/11
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने | माननीय न्यायाधीश श्री हरि प्रसाद शर्माको छुट्टै राय भएको यस अदालत संयुक्त इजलासको मिति २०५०।१०।१७ को राय बाझी फैसला । | माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठको राय मनासिवै ठहर्छ । माननीय न्यायाधीश श्री हरि प्रसाद शर्माको रायसित यो इजलास सहमत हुन सक्दैन ।
उद्धरण सन्दर्भने.का.प. २०५२, नि.नं. 5082
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्