नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 5080 · वि.सं. २०५२
नि.नं. 5080 — जग्गा खिचोला
सिद्धान्त / नजिर सार (Headnote Summary)
आफ्नो जग्गामा अर्को पक्षले नगर पंचायतबाट पर्खाल लगाउने स्वीकृति पाए पछि आफ्नो जग्गा भए तत्काल नै उजुर बाजुर गरी पर्खाल भत्काउन लाउने अथवा जग्गामा आफ्नो हक कायम गराउन पर्ने स्वभाविक प्रक्रिया केही नगरी चूप लागी बस्नु र १५ वर्ष पछि गएर खिचोला गर्नुबाट वादीको नालेस परेकोमा आफ्नो राजिनामा भित्र नपर्ने जग्गालाई आफ्ना भनी दावी गरेकालाई खिचोला गरेको मान्नुपर्ने हुँदा खिचोला ठहर्याएको मध्यमाञ्चल क्षेत्रीय अदालतको २०४७।७।११ को इन्साफ मनासिव ठहर्ने । (प्र.नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 5080 |
|---|---|
| मुद्दाको विषय | जग्गा खिचोला |
| निर्णय वर्ष / मिति | 2052/03/08 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५२, नि.नं. 5080 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
