नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 5076 · वि.सं. २०५२

नि.नं. 5076 — उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जि जारी गरी पाउं ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

वादी प्रतिवादीले आ–आफ्नो जिम्माको तायदाती फाँटवारी दाखिल गर्दा सो फाँटवारीमा देखाएको सम्पत्तिको सम्बन्धमा बण्डा नलाग्ने भनी जे जस्तोसुकै कैफियतका कुरा लेखेको भए पनि कुनै पनि अंचल सम्पत्ति अंशियारहरुको बीचमा बण्डा नलाग्ने भनी अदालतबाट ठहर निर्णय नभएसम्म बण्डा नलाग्ने गरी ठहर भएको भन्न सक्ने स्थिति नदेखिने । (प्र.नं. ८) कोर्ट फि घटी देखिन आएकोमा कानून बमोजिम लाग्ने कोर्टफिको हिसाब गरी अदालतबाट वादी दावी बमोजिम अंश हक कायम गराई दिन मिल्ने नै देखिने । (प्र.नं. ८) कोर्ट फि समेत दाखिला नगरेको भन्ने समेत आधारबाट कुनै अंशियारलाई अंश हकबाट वञ्चित गर्न मिल्ने नदेखिने । (प्र.नं. ८) न्याय प्रशासन ऐन, २०४८ को दफा १९ को उपदफा (२) ले इन्साफमा फरक पर्ने बाहेक लेखाई वा टाइपमा हुन गएको भूललाई पर्चा गरी फैसला संशोधन गर्न सकिने व्यवस्था रहेको र बाँके जिल्ला अदालतको उक्त आदेशबाट सोही व्यवस्था अन्तर्गत संशोधन गरेको देखिन आउने । (प्र.नं. ८) कानूनको उपरोक्त व्यवस्था बमोजिम सच्याइएको वा संशोधन भएको फैसलाको सो कुरा समेत फैसलाकै अभिन्न अंग हुन जाने स्वतः स्पष्ट छ । तसर्थ फैसला संशोधनको आदेशलाई अ.वं. १७ नं. को परिधि भित्र रहेको भनी न्याय प्रशासन ऐन, २०४८ को दफा १६ अन्तर्गत अन्तरकालिन आदेशको समकक्षमा राखी सो उपर निवेदन लिई बदर गर्न मिल्ने नदेखिने । (प्र.नं. ८) जुनसुकै रुपले फैसलाको संशोधन गरिएको भएतापनि त्यस उपर पुनरावेदनको उपचारको प्रकृया नअपनाई अ.वं. १७ नं. एवं न्याय प्रशासन ऐन, २०४८ को दफा १६ अन्तर्गत बदर गर्न नमिल्नेमा पुनरावेदन अदालत नेपालगंजको संयुक्त इजलासद्वारा सो प्रकृयाबाट संशोधन आदेश बदर गरिएको मिति २०५०।५।२१ को पुनरावेदन अदालत नेपालगंजको आदेश त्रुटीपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्र.नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.5076
मुद्दाको विषयउत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जि जारी गरी पाउं ।
निर्णय वर्ष / मिति2051/11/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य
उद्धरण सन्दर्भने.का.प. २०५२, नि.नं. 5076
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्