नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 5072 · वि.सं. २०५२

नि.नं. 5072 — सार्वजनिक बाटो कायम

सिद्धान्त / नजिर सार (Headnote Summary)

भक्तपुर जिल्ला अदालतले गरेको फैसला उपर दुवै थरको पुनरावेदन परेकोमा पुनरावेदन अदालतले ३’ को बाटो कायम हुने गरी गरेको फैसला उपर प्रस्तुत मुद्दाका प्रत्यर्थी प्रतिवादीले पुनरावेदन नगरी चित्त बुझाई बसेको स्थितिमा ३ फिटको बाटो कायम गरेको सम्बन्धमा अरु विचार गर्नु पर्ने अवस्था नरहने । (प्रकरण नं.१२) प्रमाण पुर्‍याउनु पर्ने दायित्व भएका वादीले सो को प्रमाण दिन नसकेको अवस्थामा अदालतले अनुमानको आधारमा ६ फिटको बाटो कायम गर्न नमिल्ने । (प्रकरण नं.१३) परापूर्व देखि हिंडी आएको ६ फिटको बाटोको प्रमाण पुग्न आएको अवस्थामा मात्र जग्गा आवाद गर्नेको ४ नं. बमोजिम अरुको जग्गा भए पनि परापूर्व देखिको ६ फिटको बाटो कायम गर्नु पर्ने हुन्छ । सो को समर्थन हुने प्रमाणको अभाव छ भने जग्गा आवाद गर्नेको ४ नं. लाई आकर्षित गर्ने अवस्था नरहने । (प्रकरण नं.१३) पुनरावेदक वादीले पेश गरेको मिसिल सामेल रहेका फोटोहरुबाट नै सो बाटो आलीको बाटो देखिएको र आलीको बाटो ६ फिटको कायम हुन सक्ने अवस्था नपर्ने । (प्रकरण नं.१४) मिति २०४८।१०।२३ को भक्तपुर जिल्ला अदालतको डोरबाट भै आएको नक्शाको न.नं. ८ मा ५, ६” भनी उल्लेख भएको देखिए पनि सो ५, ६” बाटो रहेको क्षेत्र सार्वजनिक जग्गा भएको र त्यस्तो सार्वजनिक जग्गामा रहेको बाटोको आधारमा आलीको गोरेटो बाटो ६” को हो भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं.१४) प्रमाण ऐन, २०३१ ले साधिकार निकायमा रहेको श्रेस्ताले प्रामाणिकता पाउने स्थितिमा सो श्रेस्ताबाट देखिए भन्दा बढी १(एक फिट) बाटो कायम गरेकोमा प्रत्यर्थीले चित्त बुझाई बसेको अवस्थामा ३’ को बाटो कायम गरेको पुनरावेदन अदालत पाटनको मिति २०५२।६।३ को फैसला मिलेको देखिँदा सदर हुने । (प्रकरण नं.१५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.5072
मुद्दाको विषयसार्वजनिक बाटो कायम
निर्णय वर्ष / मिति2052/01/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०५२, नि.नं. 5072
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्