नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 5066 · वि.सं. २०५२
नि.नं. 5066 — उत्प्रेषण मिश्रित परमादेश समेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
नगरपालिका (कार्य व्यवस्था) नियमावली, ०४९ नगरपालिका ऐन, ०४८ को दफा ८३ को अधिकार प्रयोग गरी श्री ५ को सरकारले बनाएको देखियो । उक्त नियमावलीले नगरपालिकाको कर्मचारीका सम्बन्धमा व्यवस्था गरेको र निवेदक नगरपालिकाको कर्मचारी रहेकोमा विवाद छैन। यस्तो अवस्थामा निजामती कर्मचारी सम्बन्धी निजामती सेवा नियमावलीको व्यवस्था निवेदकका हकमा प्रयोग हुने अवस्था नदेखिने । (प्रकरण नं. ९) विशेष कानुनले व्यवस्था गरेको कुरामा अन्य कानुनी व्यवस्था लाग्ने अवस्था नहुने । (प्रकरण नं. ९) धारा ८८(१) ले कुनै अन्य नियमावलीसंग कुनै नियमावली बाझिएको भन्ने आधारमा अमान्य गरी पाउँ भन्न मिल्ने अवस्था नहुने । (प्रकरण नं. ९) निजामती सेवा नियमावली लाग्ने कर्मचारी र प्रस्तुत नियमावली लाग्ने कर्मचारी समान अवस्थाको कर्मचारी भन्न सकिने अवस्था नहुने । (प्रकरण नं. ९) समान अवस्थाका कर्मचारीका हकमा असमान कानुन प्रयोग हुने होइन । (प्रकरण नं. ९) नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १२(२) को प्रतिबन्धात्मक वाक्यांश ५ ले योग्यता तोक्ने गरी कानुन बनाउन रोक लगाएको समेत नदेखिंदा कर्मचारीको योग्यता तोक्न सक्ने कुरामा मौलिक हकमा हनन् हुने गरी संविधान विपरीत भएको भन्न मिल्ने अवस्था नहुने। (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 5066 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण मिश्रित परमादेश समेत |
| निर्णय वर्ष / मिति | 2052/01/07 |
| अदालत / इजलास | विशेष इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५२, नि.नं. 5066 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
