नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 5061 · वि.सं. २०५२

नि.नं. 5061 — निखनाई पाउं

सिद्धान्त / नजिर सार (Headnote Summary)

लिखत भएको मितिमा पुनरावेदक मोही थिए थिएनन् ? अथवा निजले मोहीको प्रमाणपत्र प्राप्त भएपछि मात्र निजलाई मोही हैसियतको निखन्न पाउने कानुनी हक उपलब्ध हुन्छ वा मोही प्रमाणपत्र प्राप्त गर्नु भन्दा अघि पनि खुद जोती आएको सम्म नाताले त्यस्तो हक दावी गरी मुद्दा चलाउने हक उपलब्ध हुने के कसो हो भन्ने कुरा नियमित अदालतबाट निराकरण गराउनु पर्ने विषय रहेको देखिने । (प्रकरण नं. ११) लेनदेन व्यवहारको महलको ११ नं. ले लिखत भएको मितिले ६ महिना भित्र थाहा पाएको ३५ दिनसम्ममा निखन्ने सम्बन्धमा नालेश उजूर गर्नु पर्ने व्यक्तिले सो ३५ दिनको म्याद गुजारी बसेपछि हदम्याद गुज्रेको मितिले ४५ दिनभित्र विन्तिपत्र परेको भए हदम्याद थामी दिने व्यहोराको हुकुम प्रमांगी प्राप्त गर्छ भने म्याद थामिन नसक्ने स्पष्ट देख्दा देख्दै पुनरावेदन अदालतले प्रस्तुत मुद्दा उपर कारवाही जारी गर्न लगाउने कुनै औचित्य नै नरहने । (प्रकरण नं. ११) पुनरावेदन सुन्ने अदालत वा निकायले समेत शुरु अदालत वा निकाय सरह मुद्दा नै नचल्ने स्थिति देखिएमा सोही कारणबाट खारेज गर्न कानुनतः बाधा समेत नदेखिएकोले पुनरावेदन अदालत हेटौंडाको खारेज गर्ने गरेको फैसला मनासिब ठहर्ने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.5061
मुद्दाको विषयनिखनाई पाउं
निर्णय वर्ष / मिति2051/05/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०५२, नि.नं. 5061
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्