नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 5060 · वि.सं. २०५२
नि.नं. 5060 — परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
मिति ०४९।३।२६ को बजेट पारित भएको मितिदेखि लागू हुने गरी आर्थिक ऐन, ०४९ बनेको देखिन्छ । उक्त ऐनको दफा ४ मा भन्सार महसूल तोक्ने व्यवस्था भएको र सो अनुसार भन्सार महसूल दर निर्धारण गर्ने सिलसिलामा सि.नं. ८ मा ७ वर्ष सम्म पुरानो नयां बनाइएको गाडीको महसूल सम्म तोक्ने सो भन्दा बढी पुरानो नया“ बनाइएको Reconditioned गाडीले पर्यावरणमा बढी प्रदुषण गर्ने भएकोले पर्यावरण प्रदुषणको समस्याको समाधानको क्षेत्रमा चालिएको नीति, नीतिगत अवस्थाको मात्र नभई कानुनी रुप समेत लिइसकेको देखिन आउंछ । उक्त आर्थिक ऐन, ०४९ लाई निवेदकले विवादमा ल्याएको नदेखिंदा त्यसको वैधानिकतातर्फ विचार गरिरहनु नपर्ने । (प्रकरण नं. ९) कानुनले नै १० वर्ष पुरानो नया“ बनाइएको गाडी झिकाउन नपाउने भन्ने परोक्ष रुपले प्रतिबन्ध लगाएपछि प्राप्त इजाजतपत्र वा परिपत्रले कानुनद्वारा निषिद्ध कार्य गर्ने कानुनी अख्तियार दिएको भन्न नमिल्ने । (प्रकरण नं. १०) कानुन अनुकूल नभएका इजाजतपत्र वा परिपत्र बाझिएका हदसम्म स्वतः निस्क्रीय हुन जाने हुन्छ । त्यस्तो निस्क्रीय पार्ने कार्यबाट प्रतिकूल असर पर्न गएमा उपयुक्त उपचारको मार्ग अवलम्बन गर्नु पर्ने । (प्रकरण नं. १०) परमादेशको आदेश कानुनी कर्तव्य पालना गर्न लगाउने सशक्त उपचार हो ।त्यसैले कानुन विपरीत कार्य गर्न लगाउन सो आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ११) आर्थिक ऐन, ०४९ को दफा ४ ले भन्सार दर निर्धारण गर्न सक्ने व्यवस्था गरेको र सो बमोजिम सि.नं. ८ मा ७ वर्ष सम्म पुराना नविनीकृत गाडीको मात्र भन्सार महसूल निर्धारण गर्ने व्यवस्था गरेकोले उक्त समय भन्दा बढी पुरानो नविनीकृत (Reconditioned) गाडी झिकाउनै नपाउने हुँदा त्यस्तो कानुनले नै झिकाउन नपाउने गाडीहरुको लाग्ने भन्सार बुझी लिई छाडी दिनु भन्ने परमादेशको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 5060 |
|---|---|
| मुद्दाको विषय | परमादेश |
| निर्णय वर्ष / मिति | 2051/04/10 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल | माननीय न्यायाधीश श्री नरेन्द्रबहादुर न्यौपाने |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५२, नि.नं. 5060 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
