नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 5057 · वि.सं. २०५२

नि.नं. 5057 — जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

बाबुको नामको सम्पत्तिमा अन्यथा प्रमाणित नभएमा सबै छोराको हक लाग्ने भन्ने मान्नु पर्ने । (प्रकरण नं. १९) आफ्नो बाबुको नाममा रहेको सम्पत्ति निजको परलोक भएपछि आफूले गुठीका महन्तलाई तिरोसम्म गर्दैमा एकाधिकार भएको मान्न नमिल्ने । (प्रकरण नं. १९) एकाधिकार हुनको लागि कानुन बमोजिमको आधार हुनु आवश्यक पर्दछ । तसर्थ सो बाली बुझाएको रसिदको आधारमा मात्र एकलौटी हक भएको भन्न नमिल्ने । (प्रकरण नं. १९) बुलालका छोरा मध्ये १ जनाले गुठीका महन्तलाई तिरो गरेकोबाट अन्य समान स्तरका छोराको हकमा असर नपर्ने, त्यस रसिदलाई उजुर गरी बदर नगराएको कारणले वादीहरुको हक नरहेको भन्न नमिल्ने । (प्रकरण नं. १९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.5057
मुद्दाको विषयजालसाजी
निर्णय वर्ष / मिति2051/11/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य
उद्धरण सन्दर्भने.का.प. २०५२, नि.नं. 5057
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्