नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 5055 · वि.सं. २०५२

नि.नं. 5055 — घरबाट उठाई चलन चलाई पाउं

सिद्धान्त / नजिर सार (Headnote Summary)

अंशियारहरुको बीचमा अंशबण्डा गर्दा वा अंश हक छोडपत्र गर्दा दान बकसको १ नं. को प्रयोग गर्ने व्यहोरा नै उक्त दान बकसको उद्देश्य अनुकूल नरहने । (प्रकरण नं. १३) अंशको हक जस्तो जन्म देखि नै प्राप्त हुने हकको लागि एउटा अंशियारले अर्कालाई अंश दान वा बकस गरेर दिन नमिल्ने । (प्रकरण नं. १३) अंश भनेको हक हो भने दान वा बकस दाताको इच्छामा निर्भर रहने कुरा हो । (प्रकरण नं. १३) जुन पक्षले पेश गरेको हो सोही पक्षलाई सो कागज सुनाउनु पर्ने औचित्य नै नरहने । (प्रकरण नं. १४) वादीको नाममा विवादित जग्गा घर दर्ता रही तिरो भरो गरिरहेको कुरामा प्रतिवादीले सो दर्ता बदर गराउने तर्फ कुनै उजूर बाजुर समेत नगरे भएको अवस्थामा शुरु र पुनरावेदन अदालतको बुँदा प्रमाण समेतबाट वादी दावी बमोजिम वादीको घरबाट प्रतिवादीलाई उठाई वादीलाई चलन चलाई दिने ठहराएको शुरु काठमाडौं जिल्ला अदालतको निर्णयलाई सदर गरेको पुनरावेदन अदालत पाटनको इन्साफ मिलेकै देखिँदा मनासिब ठहर्ने । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.5055
मुद्दाको विषयघरबाट उठाई चलन चलाई पाउं
निर्णय वर्ष / मिति2051/09/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा
उद्धरण सन्दर्भने.का.प. २०५२, नि.नं. 5055
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्