नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 5047 · वि.सं. २०५२

नि.नं. 5047 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

मुलुकी ऐन, (सातौं संशोधन) २०३४।९।२७ द्वारा संशोधित अंश बण्डाको महलको ३० नं. बमोजिम २०३४।९।२७ सम्ममा व्यवहार प्रमाणबाट छुटिएको स्थिति देखिनको लागि बण्डापत्र खडा गरी वा नगरी घरसारमा नरम गरम मिलाई अचल अंशबण्डा गरी छुट्टिई आफ्नो आफ्नो हिसाब भाग शान्ति बमोजिम लिई पाई दाखेल खारेज समेत गराइसकेको वा बण्डा बमोजिम आ–आफ्नो भागको अचल छुट्टा–छुट्टै भोग बिक्री व्यवहार गरेको हुनु पर्ने । (प्रकरण नं. १९) वादी रामकुमारले विष्णुलाललाई मिति २०१८।३।५ मा र कन्हैयालाललाई ०१८।३।२ मा राजीनामा गरी दिएको लिखतमा हक दावी छाडी दियौं भन्ने सम्म उल्लेख भएकोलाई अंश भागमा परेको जग्गा बिक्री गरेको भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं. १९) यो यो पैत्रिक सम्पत्ति वादी प्रतिवादीहरुले आ–आफ्नो नाममा दाखिल खारेज गरेको भनी कुनै प्रमाण प्रतिवादीले दिन गुजार्न सकेको समेत नदेखिँदा अंशबण्डाको ३० नं. को प्रयोजनार्थ व्यवहार प्रमाणबाट वादी प्रतिवादीहरु छुट्टि भिन्न भएको भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं. १९) लिखतको छैंठौ हरफमा साहुको दाइजो लियाको ठीक सा“चो हो भन्नेसम्म उल्लेख भएको आधारमा २०१४।१।१० मा विष्णुकुमारीको नाममा खरिद गरी लिएको जग्गा दाइजोको रुपैया“बाट खरिद गरी लिएको भनी मान्न मिल्ने नदेखिने । (प्रकरण नं. १९) फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी दाखिल भएको तायदाती र विष्णुकुमारीको नाममा रहेको घरजग्गा समेतबाट दुई भागको एक भाग अंश वादीले प्रतिवादीबाट पाउने ठहर्‍याएको सर्वोच्च अदालत पूर्ण इजलासको मिति २०४६।७।२९ को फैसला मिलेकै देखिँदा सदर हुने । (प्रकरण नं. २०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.5047
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2051/08/01
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय | माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्माको राय | माननीय न्यायाधीश श्री उदयराज उपाध्यायको राय
उद्धरण सन्दर्भने.का.प. २०५२, नि.नं. 5047
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्