नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 5045 · वि.सं. २०५२
नि.नं. 5045 — उत्प्रेषण लगायतको जुन चाहिने उपयुक्त रिट आज्ञा, आदेश वा पुर्जी जारी गरी पाउं ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
अ.बं. १४ नं. मा आफ्ना पालामा परेका मुद्दा फैसला गर्दा प्रतिवादी परेको वा पर्ने अवस्था पुगेको मिति देखि आफ्ना इलाकाको झगडियाको ६ महिना, आफ्ना अड्डाको इलाका देखि एकसय कोष सम्म टाढाका ईलाकाको झगडियाको ९ महिना र त्यस भन्दा टाढाको झगडियाको १ वर्ष सम्ममा फैसला गर्नु पर्छ भन्ने उल्लेख भएको देखिन्छ । एक भन्दा बढी प्रतिवादीहरु भै विभिन्न मितिमा प्रतिउत्तर परेकोमा अन्तिम प्रतिउत्तर परेको मितिले अ.बं. १४ नं. को म्यादको गणना हुने भन्ने कानुनी व्यवस्था रहे भएको पाइँदैन । अ.बं. १४ नं. बमोजिम प्रतिउत्तर परेको वा पर्ने अवस्था पुगेको मिति देखि फैसला गर्नु पर्ने म्याद गणना हुने । (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 5045 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण लगायतको जुन चाहिने उपयुक्त रिट आज्ञा, आदेश वा पुर्जी जारी गरी पाउं । |
| निर्णय वर्ष / मिति | 2052/05/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५२, नि.नं. 5045 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
