नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 5018 · वि.सं. २०५१

नि.नं. 5018 — अंश ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ २०२४।८।३ मा भएको बण्डापत्रलाई वादीले अन्यथा भन्न नसकेको, बण्डा बराबर नभएको वा गलत तरीकाले भएको भए अंश बण्डाको महलको ३२ नं. बमोजिम म्यादभित्र उजूर बाजुर गर्न सक्नु पर्ने केही गर्न सकेको देखिँदैन । २०२४।८।३ मा भएको बण्डापत्र घरको मुली जीवनाथकै जीवनकालमा नै सबै अंशियारहरुको अंश भागको सम्पत्ति रीतपूर्वक छुट्टाई भएको देखिदा वादीका पति मोहन प्रसादको सहिछाप नभएकै कारणबाट उक्त बण्डापत्रले मान्यता नपाउने भन्न पनि नमिल्ने । (प्र.नं. १९) § जग्गा समेत जिउनीको भन्ने वादी र मेरो एकलौटी हकको भन्ने प्रतिवादी लेखनाथको भनाई भएकोमा एकलौटी हकको प्रमाण प्रतिवादीले दिन गुजार्न नसकेको समेतबाट उक्त जग्गा जिउनी मध्येकै वाँकी जग्गा देखिने । (प्र.नं. १९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.5018
मुद्दाको विषयअंश ।
निर्णय वर्ष / मिति2051/08/22
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह | माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी
उद्धरण सन्दर्भने.का.प. २०५१, नि.नं. 5018
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्