नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 5017 · वि.सं. २०५१
नि.नं. 5017 — ज्यान मार्ने उद्योग ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मुलुकी ऐन, ज्यान सम्बन्धी महलको कानूनी व्यवस्था समेतलाई विचार गर्दा ज्यान मार्ने उद्योगको अपराध ठहर हुनको लागि ज्यान मार्ने मनसाय, सो मनसाय अभिब्यक्त गर्न ज्यान मार्नेसम्मको कार्य गरी कुनै वाहिरी तत्वको हस्तक्षेपले गर्दा ज्यान मार्न नसकेको हुनुपर्ने । (प्र नं. २१) § दुवै पक्ष बीच रिसइवि भएको कतैबाट देखिन नआएको समेतबाट प्रतिवादीले ज्यान मार्ने मनसायले चक्कु प्रहार गरेको भन्न मिल्ने नदेखिने । (प्र नं. २२) § ज्यान मार्ने मनसाय नभएको र दुवै पक्षको बीच कुटपीट भएको भन्ने समेत देखिएबाट प्रस्तुत मुद्दाको वारदातको प्रकृति कुटपीटको महल अन्तर्गत पर्ने देखिँदा कुटपिटतर्फ परिणत गर्ने गरेको शुरु भक्तपुर जिल्ला अदालतको फैसला मनासिव देखिने । (प्र नं. २२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 5017 |
|---|---|
| मुद्दाको विषय | ज्यान मार्ने उद्योग । |
| निर्णय वर्ष / मिति | 2051/08/01 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री ओम भक्त श्रेष्ठ | माननीय न्यायाधीश श्री कृष्ण जंग रायमाझी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५१, नि.नं. 5017 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
