नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 5015 · वि.सं. २०५१

नि.नं. 5015 — उत्प्रेषण ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

रिट निवेदक काठमाडौं जिल्ला अदालतको फैसला बमोजिम थुनामा रहिरहेको अवस्थामा ललितपुर जिल्ला अदालतको फैसलाले १० औं र ११ औं पटक सम्म चोरी गरेको देखिन्छ ।एकै मानिसलाई एकै वा धेरै मुद्दाको धेरै कलमको कैद ठेक्नुपरेमा जुन कलममा कैदको सबैभन्दा ठूलो हद छ सो हद ननाध्ने गरी र धेरै कलमको कैद हद वरावर हुन आएमा सो मधये एक कलमको कैद ठेक्नु पर्छ भन्ने समेत दण्ड सजायको ४१ नं. को कानूनी व्यवस्था अनुसार निवेदकलाई विपक्षी दुबै अदालत समेतको फैसलाको सबै कलममा भएको कैदको सजाय मध्ये ६ वर्ष मात्र कैद ठेक्नु पर्ने भएकोले कैदको हकमा ६ वर्ष भन्दा बढि कैद ठेक्नु पर्ने स्थिति देखिएन ।जरिवानाको नजोडी ठूलो जरिवानामात्र गर्नु पर्छ भन्ने निवेदकको दावी भएकोमा दण्ड सजाय ४१ नं. ले कैद ठेक्नु पर्ने सम्बन्धमा मात्र धेरै कलमको कैद मध्ये ठूलो कलमको मात्र कैद ठेक्नु पर्ने भन्ने उल्लेख गरेबाट जरिवाना गर्नुपर्छ भन्ने कानूनमा व्यवस्था भएको नदेखिंदा ठूलो कलमको मात्र जरिवाना गर्नुपर्ने भन्न मिलेन । जरिवानाको हकमा सबै कलमको जरिवाना गर्नु पर्ने । (प्र.नं.७) निवेदकलाई काठमाडौं र ललितपुर दुवै जिल्ला अदालतको फैसलाले चोरी गरेको ठहर गरी सजाय गरेको देखिन्छ । चोरीको २७ नं. ले विगो,जरिवाना,कैद वा तिनै थोकमा समेतमा गर्दा पनि चोरीमा ८ वर्ष भन्दा वढि कैद गर्नु हुदैंन भन्ने कानूनी व्यवस्था गरेको हुंदा जरिवाना नतिरी जरिवाना समेतमा कैद गर्नु पर्दा चोरीको २७ नं. को व्यवस्थाले कैदको सजाय समेत जोडी ८ वर्षको हद भन्दा वढि कैद गर्नु पर्ने स्थिति देखिएन । तसर्थ दण्ड सजायको ४१ नं. र चोरीको २७ नं.लाई ध्यानमा राखी कैद ठेक्नुपर्ने भएकोले कैदको हकमा सबैभन्दा ठूलो कलमको मात्र र जरिवानाको हकमा सबै कलमको जरिवाना मिलाई जरिवाना नतिरेमा सो वापत समेत कैद गर्दा चोरीको २७ नं. को ८(आठ) वर्षको हद भन्दा वढि कैद म्याद ठेक्नु नहुने । (प्र.नं.८) निवेदक तर्पबाटःX

फैसलाको आधिकारिक विवरण

निर्णय नं.5015
मुद्दाको विषयउत्प्रेषण ।
निर्णय वर्ष / मिति2051/08/19
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव
उद्धरण सन्दर्भने.का.प. २०५१, नि.नं. 5015
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्