नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 5012 · वि.सं. २०५१

नि.नं. 5012 — अंश चलन ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

अंशबण्डा गर्ने निर्णय गर्नु पूर्व मानो छुट्टिएको मिति कायम गरी पक्ष विपक्षीबाट तायदाती लिने सुनाउने प्रकृया पुरा गर्नु अंशवण्डाको महलले वाध्यात्मक व्यवस्था गरेको छ ।सो व्यस्था बमोजिम मानो छुट्टिएको मिति कायाम नगरी अंशबण्डाको २०।२१,२२,२३ नं. को प्रकृया अपनाउनु भनी पुनरावेदन अदालक पाटनबाट भएको निर्णय मिलेको नदेखिने । (प्र.नं.१३) जिल्ला अदालतले अशंबण्डा गरी पाउं भन्ने वादी दावी नपुग्ने भन्ने ठहर गरे उपर पुनरावेदन तहबाट हेर्दा बण्डा गर्नुपर्ने अवस्था देखिएमा सोही अदालातले मानो छुट्टिएको मिति काय गरी तायदाती मागी बण्डा गरी दिने फैसला गरिदिनु कानूनसंगत हुन्छ ।आफूले गर्नुपर्ने कार्य नगरी मानो छेट्टिएको मिति समेत कायम नगरी शुरु जिल्ला अदालतमा निर्णय गर्ने पठाउने पुनरावेदन अदालत पाटनको निर्णय मिलेको नहुंदा बदर हुने। (प्र.नं १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.5012
मुद्दाको विषयअंश चलन ।
निर्णय वर्ष / मिति2051/10/04
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री गोबिन्द बहादुर श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०५१, नि.नं. 5012
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्