नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 5008 · वि.सं. २०५१
नि.नं. 5008 — लिखत दर्ता बदर दर्ता कायम ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मुलुकी एैन अंशधनको २ नं मौ भिन्न भएको कन्या,सधवा वा विधवा स्वास्नी मानिसले आफ्नो अंश हकको चलमा सबै र अचलमा आधा सम्म कसैको मन्जुरी नभए पनि आंफ्नो खुश गर्न पांउछन् । कन्याले बाबु भए बाबुको र सधवा वा विधवाले उमेर पुगेका छोराहरु भए छोराहरुको मन्जुरी लिई अचल पनि आफ्नो खुश गर्न पांउछन् । भन्ने कानूनी व्यवस्था भईरहेको पाईन्छ । बिबादित सम्पुर्ण अचल सम्पत्ति फिरादीको आमा गोमा लक्ष्मीले आफ्ना छोराहरुको मन्जुरी बेगर प्रतिवादी सावित्री देबी श्रेष्ठलाई शेषपछिको वकस पत्र दिएको कुरामा बिबाद देखिदैन । उल्लेखित कानूनी व्यवस्था अनुसार गोमा लक्ष्मीले अंश भागको अचल सम्पति स्त्री अंश धनको २ नं. को उक्त व्यवस्थाले २०२६ सालमै छुट्टी भिन्न भएको गोपाल प्रसादको मन्जुरी लिनु नपर्ने भन्ने बादी तर्फको जिकिर पनि कानून संगत देखिदैन । उमेर पुगेका छोराहरुको मन्जुरी लिनु पर्ने कानूनी प्रावधानले निजको समेत हक सुरक्षित देखिन्छ । § उमेर पुगेका छोराहरुको मन्जुरी लिनुनपर्ने विवादित अचल सम्पतिको आधारमा निजले सावित्री देबी श्रेष्ठलाई गरीदिएको शेषपछिको बकसपत्र कायमै रहने । § विवादित अचल सम्पति वकसपत्र गरि दिए उपर उल्लेखित ३ जना छोराहरु मध्य गोपाल प्रसाद श्रेष्ठले उजुर नगरेकोले निजको भाग जतिको वकसपत्र लिखत बदर गरि रहनु पर्ने अवस्था नआउने ।
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 5008 |
|---|---|
| मुद्दाको विषय | लिखत दर्ता बदर दर्ता कायम । |
| निर्णय वर्ष / मिति | 2051/11/09 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अरबिन्दनाथ आचार्य |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५१, नि.नं. 5008 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
