नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 5004 · वि.सं. २०५१

नि.नं. 5004 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ नेपाल निजामती कर्मचारी संगठन दर्ता भई सकेकोमा राष्ट्र्यि निर्देशन ऐन, २०१८ को दफा ३(६) को विपरीत नेपाल निजामती कर्मचारी संघ दर्ता गर्ने निर्णय तथा कारवाह त्रुटीपूर्ण हुंदा बदर गरी पाउं भन्ने मुख्य रिट निवेदन जिकिर रहेको देखियो । यसमा नेपाल निजामती कर्मचारी संगठन जिल्ला प्रशासन कार्‍यालय काठमाण्डोंमा मिति २०४७।७।१९ गतेमा दर्ता भएको देखिन्छ । सो संगठन दर्ता भई सकेपछि नेपाल निजमती कर्मचारी संघ दर्ता गर्न मिल्ने नमिल्ने के हो ? त्यस तर्फ बिचार गर्दा यस अदालत संयुक्त इजलाशवाट मिति २०५०।५।१३ मा आदेश हुंदा मन्त्रिपरिषदबाट अनुमोदन गराउने गरी दर्ता गर्न आदेश दिइएको भन्ने प्रत्यर्थी मध्येका गृह मन्त्रि समेतको लिखित जवाफमा उल्लेख भएको देखिन आएकोले सो सम्बन्धमा मन्त्रिपरिषदबाट अनुमोदन प्राप्त भएको छ छैन जवाफ पठाउनु भनी महान्यायाधिवक्ताको कार्‍यालयमा लेखी पठाएकोमा महान्यायाधीवक्ताको कार्‍यालय मार्फत प्राप्त भएको मिति २०५१।१०।१९ को जवाफमा “मन्त्रिपरिषद सचिवालयवाट अनुमोदन नभएको व्यहोरा गृह मन्त्रालयको मिति २०५१।१०।१८ को पत्रवाट लेखि आएको” भन्ने उल्लेख भएको देखिन्छ । उपरोक्त वमोजिम मन्त्रिपरिषदवाट अनुमोदन गराउने गरी नेपाल निजामती कर्मचारी संघ दर्ता गर्न आदेश दिएकोमा मन्त्रिपरिषदवाट अनुमोदन प्राप्त भएको नदेखिंदा नेपाल निजामती कर्मचारी संघलाई विधिवत दर्ता भई सकेको भन्न मिल्ने अवस्था नहुने ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.5004
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2051/11/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे
उद्धरण सन्दर्भने.का.प. २०५१, नि.नं. 5004
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्