नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4999 · वि.सं. २०५१
नि.नं. 4999 — कर्तव्य ज्यान ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ जहरमान वारदातको समयमा आफू झापा चन्द्रगढीमा गएको भद्रमायाले धन बहादुरलाई गरी दिएको वारेसनामामा साक्षी बसेको र उक्त बारेसनामा मा.पो.का. चन्द्रगढीमा पेश छ भनी अन्यत्र रहेको जिकिर लिएको हकमा सो वारेसनामा घर सारमा तयार हुने प्रकृतिको भएको र घरमा नै सहिछाप गरी पठाउन पनि मिल्ने नै हुंदा वारेसनामामा साक्षी बसेकै आधारमा अन्यत्र भएको पुष्टि हुने देखिएन । (प्र.नं. ४५) § जाहेरवालीको जाहेरीबाट जहमान, निजको बकपत्रबाट पृथ्वी बहादुर,पृथ्बी बहादुरको कागजबाट जहरमान भीमकुमार,दिल प्रसादको कागजबाट पृथ्वी बहादुर, जहरमान, भीमकुमार घटनाको प्रत्यक्षदर्शी जाहेरवालीको भाउजु रत्नमायाले अदादलतमा आई गरेको बकपत्रबाट दिल प्रसाद समेत बारदातमा सम्लग्नसम्म रहेको देखिन आउंछ । तर यिनीहरु मध्ये कसैले पनि मृतकलाई मार्न मुख्य भै बचन दिएको, हातहतियार प्रयोग गरेको वा मृतकको शरीरमा समात्ने काम गरेको भन्ने कतैबाट पुष्टि हुन आएको नदेखिंदा ज्यान सम्बन्धी महलको १३ (३) नं. यी प्रतिवादीहरुका सम्बन्धमा आकर्षित हुने देखिएन । निवेदक प्रतिवादीहरुको साथमा कुनै हातहतियार रहेको पनि नदेखिएको र मृतकलाई मार्न कुनै किसिमबाट संयोग पारी दिएको समेत देखिन नआएको ज्यान सम्बन्धी महलको १७(३) नं. को कसुरसम्म गरेको देखिन आएकोले निजहरुलाई जनही तिनै वर्षका दरले कैद सजाय हुने । (प्र.नं.४७)(प्र.नं. ४७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4999 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान । |
| निर्णय वर्ष / मिति | 2051/07/24 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा | माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय | माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५१, नि.नं. 4999 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
