नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4989 · वि.सं. २०५१
नि.नं. 4989 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ रिट क्षेत्रबाट विवाहो कि. नं. ३२६ को जग्गा निजी स्त्रीधनको हो वा होइन भनी तथ्यको निरोपण गरी छुट्याउन नमिल्ने । (प्र नं. ९) § जुन लिखत निवेदिकाका पति सुमेरु चन्दले गरी दिनु भएको छ सो लिखतमा गोबिन्द बोहरासँग कर्जा लिंदा सुमेरु चन्दले विवादको कित्ता जग्गा मेरा अंश, हक चलन भोगको मेरी श्रीमती जानकी देवीको नाउँमा दर्ता भन्ने बोली पारी मिति २०४२।१०।११ भएको कागजमा स्वयं निवेदिका जानकी देवी साक्षी बसेको समेत देखिंदा लिलामीको कारवाही गैरकानूनी भयो भन्ने स्थिति नदेखिने । (प्र नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4989 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2050/06/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा | माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५१, नि.नं. 4989 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
