नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4986 · वि.सं. २०५१

नि.नं. 4986 — फैसला वदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रमाण ऐन, २०३१ को दफा ६ तथा अंशवण्डाको तत्कालिन १८ नं. को व्यवस्थाले पनि सगोलको अंशियारले सगोल अवस्थामा कमाएको आर्जन भाग लाग्ने र सगोलको अंशियाहरुमा जसको नाउँमा रहेको सम्पत्ति पनि सगोलको अंश लाग्ने सम्पत्ति हुने । (प्र.नं. १६) § विवादको वादीको नाउँको सम्पत्ति उखडा जग्गा भै २०२१ सालमा १३ वर्षको उमेरमा प्राप्त गरेको मिसिल प्रमाणबाट देखिन्छ । बाबु छोराले नै उखडामा जग्गा प्राप्त गरी दुबैको नाममा जग्गा रहेको देखियो । १३ वर्षको वादीले आफ्नो श्रमले कमाई उखडामा जग्गा प्राप्त गरेको भन्न स्वाभाविक नदेखिने । (प्र.नं. १६) § सगोलको ठहरी फैसला भएपछि वादी पनि अंश मुद्दाका प्रतिवादीको छोरा भै सगोलै रहेको अवस्थामा निजको नाउँमा रहेको कारणबाट नै प्रस्तुत विवाद जग्गामा वादीको एकलौटी हक भन्न सकिने अवस्था नुहेन । (प्र.नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4986
मुद्दाको विषयफैसला वदर
निर्णय वर्ष / मिति2051/08/08
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री गोविन्द बहाुदर श्रेष्ठको राय मनासिव छ । अरु तपसिल बमोजिम गर्नु ।
उद्धरण सन्दर्भने.का.प. २०५१, नि.नं. 4986
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्