नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4974 · वि.सं. २०५१

नि.नं. 4974 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ जग्गा नापा जाँच ऐन, २०१९ को दफा ७(३) मा “पुनः नापाजाँच भएको क्षेत्रमा साविक नाप जाँचबाट देखिएको सरकारी वा सार्वजनिक जग्गाको क्षेत्रफललाई कायमै राख्दा कुनै जग्गाको क्षेत्रफल घटी वा बढी देखिन आएमा सोही बमोजिमको जग्गाको क्षेत्रफल सम्बन्धित जग्गा धनीको नाउँमा कायम गरिनेछ” भन्ने कानूनी व्यवस्था रहेको छ । निवेदकको पशुपति सदावर्त गुठीको मोहीको हैसियतले जग्गा धनी स्वामित्वमा कुनै विवाद नहुँदा गुठी जग्गा रैतान नम्बरीमा दर्ता गर्ने सम्मको दावीमा परिपत्रको आधारमा जग्गा दर्ता गर्न इन्कार गरेको मालपोत कार्यालय काठमाण्डौंको काम कारवाही त्रुटीपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरिएको छ । निवेदकको माग बमोजिमको जग्गा रैतान नम्बरीमा दर्ता गरी दिनु भनी मालपोत कार्यालय काठमाण्डौंका नाउँमा परमादेशको आदेश समेत जारी हुने । (प्र.नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4974
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2051/04/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०५१, नि.नं. 4974
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्