नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4960 · वि.सं. २०५१

नि.नं. 4960 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा ९ (क) ले आवश्यक उपयोग्य वस्तुमा प्रशोधन वा उत्पादित दुवै चिजलाई उल्लेख गरी खण्ड (१) मा तेललाई समेत जनाएको देखियो । यसरी तेल भन्ने शब्द तेलहनलाई मात्र नजनाईएको हुंदा यस्तो उद्योगले मूल ऐनको दफा १० (क) (३) बमोजिम २ वर्ष थप आयकर छुट पाउने देखिन्छ । तेल भन्ने शब्द मात्र उल्लेख भएको छ , त्यस्मा कस्तो तेल वा कुन चिजको तेल भन्ने उल्लेख भएको देखिंदैन । तसर्थ उक्त कानूनी प्रावधानले सरस्यू,तोरी वा तिलका गेडाबाट उत्पादन हुने तेल मात्र भन्ने उल्लेख भएको अर्थ गर्न नमिल्ने । (प्र.नं. १३) § औद्योगिक व्यवसाय ऐन,२०४९ को दफा २० मा औद्योगिक व्यवसाय ऐन,२०३८ अन्तर्गत अनुमति प्राप्त गरी वा दर्ता गरी संचालन भएका उद्योगमे अवधि किटिएको सुविधा तथा सहुलियतका सम्बन्धमा सोही ऐन बमोजिम र अवधि नकिटिएको सुविधा तथा सहुलियतका हकमा यस ऐन बमोजिम पाउनेछ भनेको र निवेदकका उद्योग औद्योगिक व्यवसाय ऐन, २०३८ बमोजिम अवधि किटिएको सुविधा र सहुलियत पाउन उद्योग हुंदा उक्त कानूनी प्रावधान अनुसार प्रस्तुत उद्योग दर्ता हुंदा बहाल रहेको औद्योगिक व्यवसाय ऐन,२०३८ बमोजिमको सुविधा पाउने देखिएकोले निवेदकको उद्योगलाई थप २ वर्ष आयकर छुट नदिने भनी प्रत्यर्थी उद्योग विभागको मिति २०५०।१।२७ को निर्णय र मिति ०५०।१।२९ को पत्र समेत त्रुटिपूर्ण देखिंदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्र.नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4960
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2051/02/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा | माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा
उद्धरण सन्दर्भने.का.प. २०५१, नि.नं. 4960
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्