नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4958 · वि.सं. २०५१
नि.नं. 4958 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ रिट निवेदकको घरद्वार जि. भक्तपुर छालिङ गा.वि.स. वार्ड नं. ६ मा नभएको भनी भु.सु.का.बाट बेपत्ते तामेली म्याद उल्लेख भएको देखिन्छ। निवेदकको घरद्वार उक्त स्थानमा नै हो भन्ने कुरा जिल्ला प्रशासन कार्यालयको मिति ०४९।६।१३ को नाता प्रमाणित पत्रबाट देखिएको प्रत्यर्थी मोहनमाया तथा इश्वरमानको लिखित जवाफमा रिट निवेदकको घरद्वार उल्लेखित वतनमा छैन भन्ने सकेको पाइएन । यस्तो स्थितिमा उल्लेखित वतनमा रिट निवेदकको घरद्वार नभएको भन्ने जनिइ भएको तामेली म्यादलाई रीतपूर्वक तामेल भएको भन्न सक्ने अवस्था नदेखिने । (प्र.नं. ९) § बेरितसंग तामेल भएको म्यादको आधारमा अन्य व्यक्तिलाई मोही कायम गरेको निर्णय प्राकृतिक न्यायको सिद्धान्त विपरित भएको देखिंदा भू.सु.का.को मिति ०५०।२।१३ जि त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्र.नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4958 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2051/06/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५१, नि.नं. 4958 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
