नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4956 · वि.सं. २०५१

नि.नं. 4956 — उत्प्रेणयुक्त परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ रिट निवेदक सामान्य प्रशासन मन्त्रालय कर्मचारी प्रशासन शाखाको मिति २०४९।९।१७ को पत्रद्वारा सोही मितिको निर्णयबाट राजपत्रांकित तृतिया श्रेणी सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट परराष्ट्र मन्त्रालय,अतिथि सत्कार विभागको नेपाल प्रशासन सेवा राजपत्रांकित तृतिया श्रेणी, शाखा अधिकृत पदमा सरुवा भएको विवाद रहेन । परराष्ट्र मन्त्रालय तथा अन्तर्गतका नियोगहरुमा काम गर्ने अधिकृत तथा कर्मचारीहरु सम्बन्धी नियमावली ,२०३३ अन्तर्गत परराष्ट्र मन्त्रालयको कुटनैतिक समूहमा समूहिक्त हुनु पर्ने प्रकृया अपनाई निज सरुवा भई परराष्ट्र मन्त्रालय वा अन्तर्गतको विभागमा गएको समेत नदेखिंदा नेपाल प्रशासन सेवा (गठन,समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरु २०५० को नियम ५ उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांस अनुसार निवेदक स्वतः कुटनैतिक समूहमा समूहिकृत हुने भन्न मिल्ने देखिन नआउने । (प्र.नं. १२) § निजामती सेवा ऐन,२०४९ को दफा२६ को व्यवस्था अनुसार आवश्यक प्रकृया पुरा गरी मात्र एक सेवा वा समूहबाट अर्को सेवा वा समूहमा श्री ५ को सरकारले राजपत्रांकित कर्मचारीलाई सरुवा वा बढुवा गर्न सक्ने व्यवस्था अनुसार सो प्रकृया पुरा गरी निवेदक परराष्ट्र मन्त्रालय वा अन्तर्गतको विभागमा गएको समेत देखिन आँउदैन । साथै रिट निवेदक कुटनैतिक समूह भित्र समूहिकृत हुनु पर्ने अन्य कुनै आधार समेत नदेखिंदा निवेदकलाई कुटनैतिक समूहमा समूहिकृत नगरिएको भन्ने मिति २०५१।३।१४ को पत्र तथा तत्सम्बन्धी कारवाही कानून प्रतिकुल भएको नदेखिंदा रिट निवेदनको माग बमोजिम आदेश जारी गर्न नमिल्ने । (प्र.नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4956
मुद्दाको विषयउत्प्रेणयुक्त परमादेश
निर्णय वर्ष / मिति2051/08/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री गोबिन्द बहादुर श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०५१, नि.नं. 4956
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्