नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4921 · वि.सं. २०५१

नि.नं. 4921 — जग्गा खिचोला, चलन जालसाज

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४२(१) मा पुनरावेदक वा प्रत्यर्थीले चाहेमा तारेखमा नवसे पनि हुन्छ भन्ने उल्लेख भएको छ । पुनरावेदन अदालत नियमावलीमा भएको यही व्यवस्था अनुसार पुनरावेदकले तारेखमा बस्नु पर्दैन भन्ने मुख्य पुनरावेदन जिकिर देखिन्छ । तर पुनरावेदकले पुनरावेदन दिएपछि कानून बमोजिम तारेखमा बसेको र मुद्दा अदालतमा विचारधीन रहेकै अवस्थामा बीचमा तारेख छोडेको देखिन्छ । यसरी पुनरावेदन अदालतको तारेख छोड्नु अगाडि पुनरावेदकले अदालतलाई त्यस सम्बन्धमा कुनै जानकारी दिएको छैन । यदि पुनरावेदकले तारेखमा नबसी मुद्दाको पूर्पक्ष गराउन चाहेको भए तोखमा बस्न नपरोस भनी अदालतमा निवेदन दिनु पर्ने र त्यस उपर अदालतले स्पष्ट आदेश गरेको अथवा तारेखमा बस्न नपर्ने गरी स्वीकृति दिएको हुनुपर्नेमा प्रस्तुत मुद्दामा पुनरावेदकले अदालतलाई कुनै जानकारी नै नदिई आफू खुशी तारेख छोडेको देखिन्छ । पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४२(१) मा भएको पुनरावेदकले चाहेमा तारेखमा नवसे पनि हुने भन्ने प्रावधानको अर्थ पुनरावेदकले अदालतलाई जानकारी नै नगराई अदालतबाट स्वीकृति नै नलिई आफूखुशी तारेख छोड्न पाउने हो भन्न सकिँदैन । नियमावलीमा भएको प्रावधान अनुसार पुनरावेदकले चाहेमा तारेखमा नवस्न सक्छ तर त्यसको लागि अदालतमा निवेदन दिई अदालतबाट तारेखमा बस्न नपर्ने स्वीकृति प्राप्त हुनु आवश्यक हुन जान्छ । तर यसमा अदालतलाई जानकारी सम्म नदिई पुनरावेदकको वारेसले मिति २०४८।१२।२ देखि तारेख गुजारेको अवस्थामा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४२(१) आकर्षित हुन सक्ने देखिएन । तसर्थ कानूनको मनसाय बमोजिम अदालतलाई जानकारी दिई निश्चित प्रकृया अपनाई पुनरावेदकले तारेख छोड्न सक्नेमा अदालतलाई कुनै जानकारी नै नदिई र अदालतको स्वीकृति नलिई आफू खुशी तारेख छोडेको र कानूनको म्यादभित्र थामे थमाएको समेत नदेखिँदा पुनरावेदकको वारेसले तारेख गुजारेको आधारमा अ.वं. १७९ नं बमोजिम पुनरावेदन अदालत विराटनगरले गरेको डिसमिस फैसला कानूनी त्रुटीपूर्ण नहुँदा सदर हुने । (प्र. नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4921
मुद्दाको विषयजग्गा खिचोला, चलन जालसाज
निर्णय वर्ष / मिति2051/03/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह | माननीय न्यायाधीश श्री कृष्ण कुमार बर्मा
उद्धरण सन्दर्भने.का.प. २०५१, नि.नं. 4921
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्