नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4919 · वि.सं. २०५१
नि.नं. 4919 — उत्प्रेषण परमादेश लगायत उपयुक्त आदेश जारी गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ बस्तुतः कुनै पनि ऐलानी जग्गामा श्री ५ को सरकारको हक स्वामित्व रहने र श्री ५ को सरकारबाट विधिबत दर्ता गरी नदिएसम्म त्यस्तो जग्गामा कुनै ब्यक्ति विशेषको हक अधिकार पुग्ने अवस्था देखिन आउँदैन । निवेदकहरुले २०२५ सालमा सो जग्गाको आँकडा फाराम भरेको भन्ने सम्म देखिन्छ, उल्लिखित जग्गामा बसोबास गरी आएका ब्यक्तिहरुको तत्काल विवरण तयार पार्ने सिलसिलामा त्यस्तो आँकडा फाराम तयार भएको हुन सक्छ तर त्यस्तो आँकडा फारामबाटै सो जग्गामा हक अधिकारको सृजना भएको भन्न मिल्ने देखिन आउँदैन । वन क्षेत्र भित्रको जग्गा भएबाट वन कार्यालयले कुनै दस्तुर तिरो पठाएको रहेछ भने पनि मालपोत कार्यालयले बुझिलिने मालपोत तिरो सरह मान्न मिल्ने नदेखिने । (प्र.नं. १२) § ऐलानी जग्गाका सम्बन्धमा सम्बन्धित मालपोत कार्यालयको नै क्षेत्राधिकार रहने हुँदा सो मालपोत कार्यालयबाट कारवाही नभएसम्म त्यसमा कसैको हक अधिकार स्थापित हुन नसक्ने । (प्र.नं. १३) § कानूनले दर्ता हुन नसक्ने अवस्थाको भएमा दर्ता हुन सक्ने प्रश्न नै आउँदैन । (प्र.नं. १३) § ऐलानी जग्गामा श्री ५ को सरकारको हक स्वामित्व रहने र त्यस्तो जग्गा ब्यक्ति विशेषको नाममा दर्ता गरिदिने नदिने भन्ने श्री ५ को सरकारको नीति निर्णयमा भर पर्ने कुरा हो । साथै त्यस्तो जग्गाको सम्बन्धमा श्री ५ को सरकारको कुनै नीति निर्णय भइरहेको भए सोही नीति निर्णय बमोजिम हुने तथा सम्बन्धित मालपोत कार्यालयबाट कारवाही हुन सक्ने अवस्थासम्म देखिन आउने । (प्र.नं. १३) § जवसम्म जग्गा विधिवत दर्ता हुँदैन तवसम्म त्यस्तो जग्गामा कसैको हक पुग्न सक्दैन । आँकडा फाराम भरी वन कार्यालयमा तिरो बुझाई कुने तवरले भोग कब्जा वा बसोवास गरी आएको हुँदैमा सोही आधारमा स्वतः हक सृजना हुन सक्ने होइन । त्यस्तो हक अधिकार नभएको निवेदकहरुको नाममा उल्लिखित जग्गा दर्ता गरिदिने तथा जग्गा धनी प्रमाणपूर्जा दिने अवस्था नै नभएबाट निवेदकहरुको माग बमोजिमको आदेश जारी हुन नसक्ने । (प्र.नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4919 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण परमादेश लगायत उपयुक्त आदेश जारी गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2051/01/25 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५१, नि.नं. 4919 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
