नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4917 · वि.सं. २०५१
नि.नं. 4917 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ नगरपालिकालाई सबूद प्रमाणको मूल्याङ्कन गरी हक बेहकमा निर्णय गर्ने अधिकार कानूनले दिएको नदेखिँदा उपरोक्त ०५०।१।४ को का.न.पा. को निर्णयको पहिलो खण्ड अनाधिकार हुँदा अ.व. ३५ नं. अनुसार बदरभागी भै उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । विवाद परेको जग्गामा हक बेहक गर्न अधिकार प्राप्त निकायमा हक बेहकको निर्णय गराउन जानु भनी सुनाउन पर्नेमा सो अनुसार सुनाएको नदेखिँदा उजुरवाला उमा मिश्र र मन्जु मिश्रलाई सुनाई विवादित जग्गामा हक बेहकमा जान भनी सुनाउन का.न.पा. का नाउँमा परमादेशको आदेश समेत जारी हुने । (प्र.नं. १०) § नगरपालिका ऐन, २०४८ को दफा ५४(१) मा परखाला लगाउँदा पनि नक्सा पास गर्नुपर्ने भन्ने उल्लेख भएको देखिन्छ । निवेदकले घरको नकसुा पास गर्दा पर्खालको पनि नक्सा पास गरेको देखिएन । तसर्थ कानून अनुरुप नक्सा पास गरेर मात्र परखाल बनाउन पर्नेमा सो बमोजिम नगरी बनाएको परखालका सम्बन्धमा उजूर गर्ने कानूनी हक भएको भन्न मिलेन । किनकी कानूनी हकको सिर्जना हुन नसक्ने सर्वमान्य कानूनी सिद्धान्त हो । तसर्थ कानूनको रीत नपुर्याई अर्थात नक्सा पास नगरी बनाएको परखालको कानूनी अस्थित्व नहुने हुँदा कानून बमोजिमको कर्तव्य पूरा नगर्ने निवेदकलाई रिट उपचार प्रदान गर्न उपयुक्त नुहँदा का.न.पा. को उक्त निर्णयको नकसा पास नगरी परखाल बनाएकोले उत्काई दिने ठहर्छ भन्ने दोस्रो खण्डका सम्बन्धमा रिट निवेदकको जिकिर पुग्न नसक्ने । (प्र.नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4917 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2051/01/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५१, नि.नं. 4917 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
