नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4916 · वि.सं. २०५१

नि.नं. 4916 — उत्प्रेषणयुक्त प्रतिषेध लगायत जो चाहिने आज्ञा आदेश वा पुर्जी जारी गरी पाउँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ निवेदकको नाउँको दर्ता कानूनी प्रक्रिया अनुसार बदर नभएसम्म प्रशासनिक छानविनको आधार देखाई रोक्का राख्ने गरेको कानूनसंगत कार्य देखिन नआउने । (प्र. नं. १९) § प्रशासनिक निकायमा परेको उजूरीको आधारमा तथ्य पत्ता लगाई समस्या समाधानको उपाय पत्ता लगाउन प्रशासनिक निकायबाट छानवीन गराउने कार्य प्रशासनिक प्रक्रिया भएकोले यस्तो प्रशासनिक कार्यबाट कसैको हक हितमा प्रत्यक्ष वा परोक्ष रुपमा असर परेको छैन भने त्यस्तो कार्यका सम्बन्धमा अदालतले हस्तक्षेप गर्नु उचित हुँदैन । यदि यस्तो कार्यबाट कसैको हक हितमा असर पर्दछ भने अदालत त्यस्तो कार्य प्रति मुकदर्शक बनी रहन नसक्ने । (प्र. नं. १९) § निवेदकको नाउँमा दर्ता रहेको जग्गा समस्या समाधान गर्ने प्रशासनिक कार्यको सिलसिलामा रोक्का राखेको भन्ने तथ्यलाई प्रत्यर्थीहरुले आफ्नो लिखित जवाफमा स्वीकार गरेको पाइन्छ । कसैको नाउँमा साधिकार निकायबाट दर्ता हुने गरी निर्णय भई सो निर्णयको आधारमा जग्गा धनी प्रमाण पूर्जा समेत प्राप्त गरेको जग्गा निवेदकले भोग गर्ने बेचविखन गर्न पाउने संवैधानिक हक अन्तर्गत पर्ने त्यस्तो संवैधानिक हकमा प्रतिवन्ध लगाउने गरी कुनै कार्य हुन्छ भने यो कानूनको अधिकार प्रयोग गरी निवेदकका नाउँ दर्ताको जग्गा रोक्का राखिएको हो भनी प्रत्यर्थीहरुले जिकिर लिन र देखाउन सक्नु पर्ने हो । लिखित जवाफबाट सो कुरा केही देखिन आएन । अतः निवेदकका नाउँ दर्ताको जग्गामा निजको दर्ता अन्यथा नभएसम्म दर्ताको नाताबाट प्राप्त हकमा कानूनको अख्तियारी विना गरेको रोक्का राख्ने कार्य कानूनसंगत नदेखिँदा रोक्का गरेको हदसम्म उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्र. नं. २०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4916
मुद्दाको विषयउत्प्रेषणयुक्त प्रतिषेध लगायत जो चाहिने आज्ञा आदेश वा पुर्जी जारी गरी पाउँ ।
निर्णय वर्ष / मिति2051/02/02
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०५१, नि.नं. 4916
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्