नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4909 · वि.सं. २०५१

नि.नं. 4909 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वादी प्रतिवादीहरु अंशियार भएको कुरामा कुनै विवाद देखिएन । अंशियार हो भन्ने कुरामा मुख मिलेपछि निजहरु बीच रीतपूर्वकको अंशवण्डा भए गरेको लिखत प्रमाण पेश हुन नसकेको अवस्थामा अंशवण्डा भै सकेको भनी अनुमान गर्न नमिल्ने । § २००४ सालको लिखत अनुसार मैले बकसपत्र पाएको घर बण्डा हुनुपर्ने होइन भन्न जिकिर तर्फ विचार गर्दा पुनरावेदक जनगतमाया समेतले विवादित घर नै आफूले पाएको भनी सबूद पेश गर्न सक्नु भएन । २००४ सालको लिखतमा घरको विवरण उल्लेख भएको देखिँदैन भने जगतमायाले विवादित घर आफै नक्सा पास गरप् बनाएको भन्ने दावी लिएको हुँदा पहिले नै बकस पाई सकेको भन्न नमिल्ने । (प्र. नं. २०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4909
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2050/12/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०५१, नि.नं. 4909
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्