नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4906 · वि.सं. २०५१

नि.नं. 4906 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ भूमि सम्बन्धी ऐन, २०२१ र भूमि सम्बन्धी नियमहरु २०२१ बमोजिम लगत लिँदा लगतमा निवेदक मोही भनी उल्लेख भएको नपाइनुको अतिरिक्त अरु पूर्वावस्थाको विद्यमानता पनि देखिन आउँदैन । जहाँसम्म २०३२ सालमा जग्गाधनीले गरिदिएको भर्पाइ र मिलापत्रलाई मोही कायम हुने भनी निवेदकले मुख्य आधार लिएको प्रश्न छ, कानूनद्वारा निर्धारित आधार विना मोही प्राप्तिको आधार स्वभाव वा ब्यवहार वा भर्पाइ हुन सक्दैन । (प्र. नं. १३) § मिति ०३२।११।१८ गतेको भर्पाइ र मिलापत्रमा समेत कि.नं. ३८४ कि.नं. २४७ उल्लेख भएको नदेखिनुको साथै निवेदक बहिद खाँ ले मोही हुने मुख्य आधार मिलापत्र होभ नी जो जिकिर प्रस्तुत गरेको छ सो मिलापत्रको प्रशंग सम्म पनि मोही प्रमाणपत्र पाउँ भनी दिएको निवेदनमा उठाएको देखिँदैन । पछि मात्र मिलापत्रको प्रश्न उठाएको र सो मिलापत्रमा कि.नं. ३८४ र कि.नं. २४७ उल्लेखै नभएकोलाई मिलापत्र भएको भनी मानी त्यसैलाई मोहीमानी हक प्राप्त गर्ने आधार मान्न कानूनले नमिल्ने । (प्र. नं. १३) § मिति २०३९।८।२९ गते एकै मितिमा भूमि सुधार कार्यालयले बाली भराई मोही निष्काशन मुद्दामा कि.नं. ८४ र कि.नं. २९३ मा मोही कायम नहुने भनी गरेको निर्णय उपर निवेदक बहिर खाँको कहीं उजुर नपरी अन्तिम भै राखेको देखिएको र मिति ०४३।७।३ मा जग्गाधनीको निवेदन परी मोहीको लगत समेत कट्टा हुने निर्णय भै सकेको अवस्थामा केबल रसिदको आधारमा मोही कायम गरी प्रमाणपत्र दिने ठहर गरेको भूमि सुधार कार्यालय कपिलबस्तुको मिति २०३९।८।२९ को निर्णय त्रुटीपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरिदिने ठहर्‍याएको यस अदालत संयुक्त इजलासको मिति ०४१।२।२ को निर्णय मुनासिव ठहर्ने । (प्र. नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4906
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2050/12/27
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओम भक्त श्रेष्ठ | माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५१, नि.नं. 4906
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्