नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4900 · वि.सं. २०५१

नि.नं. 4900 — उत्प्रेषण लगायत परमादेश वा जो चाहिने आज्ञा आदेश जारी गरी पाउँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मिसिल सामेल रहेको ०४७।५।२ मा मूल्याङ्कन गरेको मुचुल्का हेर्दा प्रतिवादीलाई रोहवरमा राखी मुचुल्का भएको देखिन आएन । काम तामेल गर्नको सहीछाप भएको पनि देखिएन । मुचुल्का गर्दा झगडिया उपस्थित नभए वा भए पनि सहीछाप गर्न मन्जुर गरेनन् वा झगडिया तारेखमा हाजिर नभउकोमा पनि सोही व्यहोराको कैफियत जनाई काम तामेल गर्ने कर्मचारीले सहीछाप गर्नु पर्नेमा सो बमोजिम गरे भएको देखिन नआएको र सो बमोजिम हुनु नपर्ने कानून आधार समेत आफ्नो लिखित जवाफमा प्रत्यर्थीले खुलाउन नसकेकोले झगडिया उपस्थित नभए वा भए पनि सहीछाप गर्न मन्जुर नगरेमा पालन गर्नु पर्ने अ.व. १७१ नं. को कानूनी प्रकृयाबाट समेत सो मुचुल्कालाई कानून बमोजिम रीत पुगेको मुचुल्का भन्न नमिल्ने । (प्र.नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4900
मुद्दाको विषयउत्प्रेषण लगायत परमादेश वा जो चाहिने आज्ञा आदेश जारी गरी पाउँ ।
निर्णय वर्ष / मिति2050/08/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५१, नि.नं. 4900
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्