नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4896 · वि.सं. २०५१

नि.नं. 4896 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ चिट प्रयोग गरेकोमा निजको सो सालको परीक्षा रद्द गरेको कानून संगत नै देखिन आयो । अनुचित कामको अनुपातमा अरु १ वर्षदेखि ३ वर्ष हदै सम्मका लागि न परीक्षामा सम्मिलित हुन नपाउने गरी निष्कासन गर्ने निर्णय गर्दा निर्णय गर्दा विनियमको व्यवस्था अनुसार कसूर र सजायको विचमा अनुपातिक संयोजन परिक्षा समितिको सो निर्णयमा खुलेको देखिएन । हदैसम्मको सजाय गर्नु पर्ने आधार कारण वा अवस्था खुलाउनु पर्नेमा नखुलेकोले ३ वर्ष सम्म नै परीक्षामा सम्मिलित हुन नपाउने गरी निष्काशन गरेको निर्णय विनियमको व्यवस्था अनुरुप भएको नदेखिने । (प्र.नं. १०) § तजविजीको न्यूनतम १ वर्ष भन्दा बढी निष्काशनको सजाय गर्नु पर्ने अवस्था सो निर्णयबाट खुल्न नआएको यस स्थितिमा तजविजीको न्यूनतम १ वर्षको लागि निष्काशन रहने र सो भन्दा बढी अरु २ वर्षको लागि निष्काशन गर्नु उपयुक्त देखिँदा सो हदसम्म सो निर्णय कायम रहने र सो भन्दा बढी अरु २ वर्षको निष्काशन कायम रहन नसक्ने हुनाले २०५२ र २०५३ सालको लागि समेत भएको निष्काशन गर्ने सो समितिको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्र.नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4896
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2050/12/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रुद्र वहादुर सिंह | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५१, नि.नं. 4896
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्