नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4892 · वि.सं. २०५१

नि.नं. 4892 — उत्प्रेषण ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कबुलियत समेतको कागज मोहीले पेश गरी सकेपछि त्यस्तो आफ्नो प्रतिकूलको प्रमाण बदर वा अमान्य गराउने दायित्व जग्गाधनीकै रहने र सो बमोजिम बदर वा अमान्य नगराएपछि सो कबुलियतको अस्तित्वलाई स्वीकार गरेको मान्न पर्ने हुँदा कबुलियत नै नभएको भन्न सकिने स्थिति नरहने । (प्र.नं.८) § मोही हुने ब्यक्तिले दाखिल गरेको वाली दिएको भर्पाइ कीर्ते भनेकोमा अदालबाट निर्णय गरी ल्याएका बखत कारवाही गर्ने भनी भू.सु.का. ले निर्णय गरेकोमा सो बमोजिम अदालतबाट निर्णय गराई ल्याउने दायित्व वा भार कीर्ते भनी दावी लिनेकै हुने । (प्र.नं.८) § मोही गैर नागरिक भएकोले मोही कायम हुन नसक्ने भन्ने जिकिरको हकमा विचार गर्दा मोहीयानी हकको प्रमाणपत्र प्राप्त गर्दा उसले नागरिकताको प्रमाणपत्र प्रदान गर्दाको अवस्थामा निज नेपाली नागरिक हो होइन विचार गर्नुपर्ने कुरा हो । नेपाली नागरिक नै नभएको ब्यक्तिलाई मोही कायम गर्ने गरी निर्णय भएको भनी रिट निवेदनकले भन्न सकेको पाइन्न । यसर्थ मोही कायम भएको अवस्थामा निजले नागरिकताको प्रमाणपत्र पाइसकेको देखिँदा मोही कायम गर्ने गरेको भू.सु.का. कपिलबस्तुको २०४१।३।४ को निर्णय कानून संगत नै देखिएकोले निवेदकका माग बमोजिम आदेश जारी हुने अवस्था नदेखिँदा प्रस्तुत रिट निवेदन खारेज हुने । (प्र.नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4892
मुद्दाको विषयउत्प्रेषण ।
निर्णय वर्ष / मिति2050/09/29
अदालत / इजलाससर्वोच्च अदालत संयुक्त इजालासको मिति २०४२।३।७ को निर्णय दोहोर्‍याई पाउँ भनी प्यारे केबटले श्री ५ महाराजाधिराज सरकार समक्ष चढाएको विन्ति पत्रमा ब्यहोर साँचो भए उक्त विषयको मिसिल झिकी पूर्ण इजालासबाट दोहोर्याई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट हु्. प्र.बक्स भई निर्णयार्थ यस इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ | माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५१, नि.नं. 4892
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्