नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4890 · वि.सं. २०५१

नि.नं. 4890 — ज्यान मार्ने उद्योग ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ ज्यान मार्ने उद्योग सवै दृष्टिबाट ज्यान सम्बन्धी अपराध नै हुन्छ, सिर्फ ज्यान भने मर्न गएको हुँदैन । अभियुक्तले ज्यान मार्न भनी गरेको कार्य तेश्रो तत्वको अप्रत्याशित रुपमा अपर्झट उपस्थिति वा विद्यमान हुन गएको कारणले सम्पन्न हुन नपाएको हुन्छ । प्रतिवादी आफैले मर्ने सम्मको कार्य नगरी छाडी गएको वा पैले देखि नै मार्ने कार्य गर्न नसक्ने अवस्था विद्यमान रहेको स्थिति हुँदैन । तेश्रो तत्वको अप्रत्याशित हसताक्षपले गर्दा ज्यान मार्ने कार्य गर्नमा अभियुक्तले कुनै कसर नराखे पनि त्यो परिणाम निक्लन पाएको हुँदैन । ज्यान मार्ने उद्योगको अपराधको सम्बन्धमा पनि ज्यान मार्ने अपराध जसे शंकाविहीन तरिकाले प्रमाणित हुन सक्ने प्रमाणिक प्राचुर्यताको अवस्था विद्यमान हुनु पर्ने । (प्र.नं. ३४) § ज्यान मार्ने उद्योग अपराधका निर्माणक तत्वहरुले एकातिर ज्यानमाराको अपराध र अर्को तर्फ कुटपिटको कसुरसँगको भिन्नता प्रष्ट पार्दछन् । ज्यानमाराको अपराधमा पनि ज्यान मार्ने मनसाय (Mens rea) र सो मनसायको साकारीकरण गर्ने कार्य (Actusrea) समान रुपले विद्यमान हुन्छ तर ज्यान मार्ने उद्योगको अपराधको निर्माणको तेश्रो तत्वको अप्रत्याशित अपर्झट उपस्थिति विद्यमान नहुने हुँदा ज्यानमाराको अपराधबाट भिन्न बनाउँदछ । कुटपिटको कसुर र ज्यान मार्ने उद्योगको अपराधको बीचको समानता पीडित पक्षको आङ ज्यूमा घा चोट पर्नु हो । कुटपिटमा घा चोटको प्रकृति सांघातिक पनि हुन सक्ने कुरा कुटपिटको महलको २, ६, ७ र ९ नं. समेतबाट पुष्टि हुन आउँदछ । ज्यान सम्बन्धी महलको ११ र १२ नं. को अन्तिम बाक्यांसले यो कुरा अझ प्रष्ट गर्दछ । कुटपिटको कसुरसँगको यही समानताले गार्द कुटपिटमा चल्नु पर्ने मुद्दा ज्यान मार्ने उद्योगमा चल्न पुग्न गएको अवस्था पर्न जान्छ । त्यस्तो अवस्थामा ज्यान मार्ने उद्योगको रुपमा चलेको मुद्दा तत्कालिन सरकारी मुद्दा सम्बन्धी ऐन, ०१७ को दफा ७ (क) अनुसार दुनियावादी कुटपिट मुद्दामा रुपान्तर हुन सक्ने कानूनी व्यवस्था भएको पाइने । (प्र.नं. ३७) § तेश्रो तत्वको अपर्झटको उपस्थितिले ज्यान मार्ने उद्योगलाई एकातिर ज्यानमारा र अर्कोतिर कुटपिटको अपराधसँग मुख्य विभेदक तत्व बनाएको हुन्छ । तेश्रो तत्वको अप्रत्याशित उपस्थितिले रोकावट उत्पन्न गरेको हुनु पर्छ भन्ने कुरा ज्यान सम्बन्धी महलको १५ नं. मा “सो काम गर्दा पनि ज्यान भने मर्न पाएको रहेनछ” भन्ने अभिब्यक्तिबाट पुष्टि हुन आउँछ । किनकि यस तेश्रो तत्वलाई अंगिकार नगरेमा ज्यान मार्ने उद्योगको अवस्था मात्र नरही अपराधजन्य कार्य सम्पन्नताको अवस्था हुन जान्छ । तसर्थ यी तत्वहरु ज्यान मार्ने उद्योग सम्बन्धी कानूनमा ब्यक्त वा अब्यक्त रुपले सोझै वा घुमाउरो रुपले अन्तर्निहित हुन्छन् । ज्यान मार्ने उद्योग मुद्दाको कसुर कायम गर्नको लागि तेश्रो तत्वको आकश्मिक उपस्थिति अनिवार्य हुने भएकोले यो तेश्रो तत्व ज्यान मार्ने उद्योग मुद्दाको मौलिक विशेषता हो । (प्र.नं. ३८) § कुनै अन्य काबु बाहिरको तत्वले निजलाई रोकेको नभई निज आफैले दर्शनकला लडेपछि छाडेको देखिन आएबाट दुई थरीका बीच मुखामुख भनाभन हुँदा रीसको झोकमा सामुन्ने मुख आँखाको भागमा सानु गाउँघरमा भिरी हिड्ने खुकुरीको टुप्पादारले घोच्ने आदि कार्य सम्म गरेकोबाट मार्ने नियतले नै सांघातिक चोट पुर्‍याएको नहुँदा मार्ने सम्मको मनसाय इवि थियो भन्न नमिल्ने । (प्र.नं. ४०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4890
मुद्दाको विषयज्यान मार्ने उद्योग ।
निर्णय वर्ष / मिति2050/11/12
अदालत / इजलाससर्वोच्च अदालतबाट पनि ज्यान मार्ने उद्योगको निर्माणक तत्वका सम्बन्धमा विभिन्न मुद्दाहरुमा ब्याख्या भएको पाइन्छ । जस्तो ने.का.प. ०२९ को पृष्ठ ३०५ नि.नं. ६९८ श्री ५ को सरकार विरुद्ध कविराज सुनार भएको ज्यान मार्ने उद्योग मुद्दामा डिभिजन बेञ्चबाट गर्ने सम्मको काम गरिसकेको नदेखिए ज्यान सम्बन्धी महलको १५ नं. बमोजिम सजाय गर्न नमिल्ने भनी ब्याख्या भएको र ने.का.प. २०४३ को पृष्ठ १०६ नि.नं. २६१७ राधेश्याम तेली विरुद्ध श्री ५ को सरकार भएका ज्यान मार्ने उद्योग मुद्दामा पूर्ण इजलासबाट कुनै ब्यक्तिले गरेको कार्य कस्तो छ सो हेरी निजले गरेको अपराधजन्य कार्यबाट नै मनसाय तत्व पैल्याउने सशक्त एवं भरपर्दो माध्यम हो भनी ब्याख्या भएको छ भने सोही ने.का.प. २०४३ को पृष्ठ ८१० नि.नं. २८२६ इस्लाममुद्दीन जुलाहा विरुद्ध श्री ५ को सरकार भएको ज्यान मार्ने उद्योग मुद्दामा संयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह | माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ | माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा | माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल
उद्धरण सन्दर्भने.का.प. २०५१, नि.नं. 4890
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्