नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4849 · वि.सं. २०५१

नि.नं. 4849 — उत्प्रेषण ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ ६ वर्ष सम्मको निवृत्रिभरण अग्रिम एकमुष्ट लिई सकेको स्वेच्छिक अवकाश प्राप्त कर्मचारीले सो ६ वर्ष अवधि व्यतीत भएपछि फेरी निवृत्तिभरण पाउन सक्ने नसक्ने के हो सो परिप्रेक्षयमा हेर्दा निवेदकले स्वेच्छिक अवकाश मिति २०४२।३।६ देखि प्राप्त गरेको सो वखत प्रचलित कानुनमा के कस्तो कानूनी प्रवाधान रहेछ भन्ने सन्दर्भमा ने.बै.लि. कर्मचारी नियमावली, २०३१ को नियम ५.३ (२) मा कर्मचारीले आजिवन निवृतिभरणको सट्टा अग्रिम रुपमा एकमुष्ठ लिन चाहेमा नियम ५.३ को उपनियम (१) अनुसार बढीमा ६ वर्षसम्मको माल एकमुष्ट लिन चाहेमा नियम ५.३ को उपनियम (१) अनुसार बढीमा ६ वर्षसम्मको माल एकमुष्ठ रकम दिइनेछ भन्ने व्यवस्था भएको र यसै प्रसंगमा नियम ५.३ (१) मा २० वर्षसम्म अटुट सेवा गरेको कर्मचारीले मासिक निवृत्तिभरण पाउने छैन भन्ने प्रावधान रहेको देखिन्छ । साथै निवेदकले सोही नियमावलीको नियम ५.१ (२) बमोजिम स्वेच्छिक अवकास लिएको कर्मचारिले नियम ५.३ (१) अनुसार पाउने मासिक निवृतिभरण नलिई नियम ५.३ (२) अन्तरगत आजिवन निवृतिभरणको सट्टा अग्रिम रुपमा एकमुष्ठ एकमुष्ट लिन चाहेमा नियम ५.३ (१) को व्यवस्था अनुसारको बढीमा ६ वर्षसम्मको एकमुष्ट रकम मात्र दिइनेछ भन्ने प्रवधान अनुसार निवेदक आफै स्वेच्छाले आजिवन निवृतिभरणको सट्टामा एक मुष्ट ६ वर्ष को अवधि समाप्त भैसकेपछि पुनः मासिक निवृतिभरण पाउने सो नियमावलीमा व्यवस्था भएको नदेखिएकोले ने. बैं. लि का महाप्रबन्धकको निर्णय बदर गर्नुपर्ने अवस्था विद्यमान नहुँदा प्रस्तुत रिट निवेदन खारेज हुने । (प्र.नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4849
मुद्दाको विषयउत्प्रेषण ।
निर्णय वर्ष / मिति2050/11/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ | माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा
उद्धरण सन्दर्भने.का.प. २०५१, नि.नं. 4849
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्