नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4846 · वि.सं. २०५१
नि.नं. 4846 — उत्प्रेषण प्रतिषेध लगायत जो चाहिने आज्ञा आदेश वा पुर्जि जारी गरी पाउँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कुनै पक्षबाट पनि पेश दाखिल हुन नसकेको निर्णयको अस्तित्व मानि बदर हने नहुने भन्ने मिल्ने अवस्था नहुने । (प्र.नं.९) § जमानतमा रहेको जग्गा लिलाम हुने सम्बन्धको कुराको हकमा कानूनको प्रकृया पूरा नगरी वा कानुन बमोजिम बाहेक लिलाम हुन सक्ने स्थिति हुँदैन । कानुन बमोजिम नभएको लिलामको हकमा निवेदकले कानुन बमोजिमको उपचारको माग गर्न नपाउने भन्न नमिल्ने । (प्र.नं.९) § कानुनी प्रक्रिया अवलम्बन नगरी गरिएको लिलाम कानूनसम्मत नमानिने र त्यस्तो अवस्थामा निवेदकले कानुन बमोजिम उजुर गर्न पाउने नै हुनाले महाकाली साप्ताहिकमा निस्केको सूचनाले निवेदकको कानूनी वा मौलिक हक अपहरण हुने स्थिति देखिन नआउने । (प्र.नं.९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4846 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण प्रतिषेध लगायत जो चाहिने आज्ञा आदेश वा पुर्जि जारी गरी पाउँ । |
| निर्णय वर्ष / मिति | 2050/08/27 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी वास्तोला | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५१, नि.नं. 4846 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
