नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4840 · वि.सं. २०५०

नि.नं. 4840 — उत्प्रेषण लगायतका आज्ञा, आदेश जारी गरी पाऊ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) रिट निवेदनमा कर अधिकृतले सफाईको उचित र पर्याप्त मौका समेत नदिई त्रुटीपूर्ण रुपमा कर निर्धारण आदेश गरेको बदर गरी पाउँ भनी मर्न आएको देखिन्छ । त्यसरी कर निर्धारण आदेश गरेकोमा आयकर ऐन, २०३१ को उपरोक्त दफा ३४ (२) र ५७ वमोजिम महानिर्देशक समक्ष निवेदन दिन सक्ने तथा राजश्व न्यायाधिकरणमा पुनरावेदन दिन पाउने वैकल्पिक उपचारको बाटो विद्यमान रहे भएकै पाईयो । निवेदकले उक्त वैकल्पिक उपचारको बाटो अवलम्बन नगरी रिट क्षेत्रमा प्रवेश गरेको देखियो । अतः वैकल्पिक उपचारको बाटो विद्यमान छंदाछंदै रिट क्षेत्रबाट हेर्न नमिल्ने हुँदा निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्र.नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4840
मुद्दाको विषयउत्प्रेषण लगायतका आज्ञा, आदेश जारी गरी पाऊ
निर्णय वर्ष / मिति2050/08/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०५०, नि.नं. 4840
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्