नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4838 · वि.सं. २०५०
नि.नं. 4838 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) निवेदकको उद्योग सनुंगल गा.वि.स.मा रहेकोमा विवाद देखिएन । थानकोट क. डिपोमा प्राप्त भएको सामान उद्योगको लागि झिकाइएको भन्ने भउकोले जहाँ उद्योग स्थित छ त्यही खपत प्रयोग हुने भन्ने सम्झनु पर्ने कुरा स्वाभाविक हुन आउँदछ । चुंगीकर लाग्ने नगरपालिका क्षेत्रभित्र खपत वा बिक्री हुनुपर्ने अनिवार्यता नगरपालिका ऐन, ०४७ को दफा २३ को समुच्चयात्मक अध्ययनबाट देखिन आउँदछ । उद्योग नगर पालिका बाहिर गाउँ क्षेत्रमा रहेको अवस्थामा गाउँ विकास समितिले पनि आफ्नो क्षेत्रको उद्योगको मालसामानमा आवयश्क विधि अवलम्बन गरेर कर लगाउन सक्ने । (प्र.नं.८) चुंगीकर माल कर डिपोमा आउँदाका अवस्थामा खपत वा विक्री वितरण सोझै हुने अवस्थाको मालमा मात्र लाग्ने हो । (प्र.नं.९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4838 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2050/09/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५०, नि.नं. 4838 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
