नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4835 · वि.सं. २०५०
नि.नं. 4835 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) कागज गराएको छैन भन्ने भए पछि सो सम्बन्धमा निबेदिकातर्फका विद्वान अधिवक्ताले पनि कागज गराएको भन्न सक्नु नभएकोले केही बोलिरहन परेन । जहाँसम्म बारम्बार कुटपीट पक्राउ गरी थुन्ने यातना दिएको भन्ने प्रश्न छ सो सम्बन्धमा तथ्य भित्र प्रवेश गरी रिट क्षेत्रबाट हेर्न मिल्ने नभएबाट माग बमोजिमको आदेश जारी गर्न परेन । रिट निबेदक खारेज हुने ।
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4835 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2050/07/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ | माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५०, नि.नं. 4835 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
