नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4831 · वि.सं. २०५०
नि.नं. 4831 — लागू औषध
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) बरामदी मुचुल्का हेर्दा अन्दाजी २५ ग्राम ब्राउन सुगर र अन्दाजी ६० ग्राम अफिम बरामद भएको देखिन्छ । यति सानो परिमाण बिक्री ब्यापारको प्रयोजनको लागिनै हो भनी यकिन गर्न मिल्दैन । निजले कसैलाई बिक्री गरेको र निजबाट कसैले खरीद गरेको मिसिल संलग्न कागजबाट देखिन नआएकोले बिक्री बितरणकै लागि संचय गरेको भन्न नमिल्ने । (प्र.नं.२८) (२) केवल सहअभियुक्तले पोलेको आधारमा कसूरदार ठहर्याउन नमिल्ने । (प्र.नं.२८) (३) जवरजस्तीसंग साविती गराएका भनी अदालतमा इन्कार भए पनि प्रमाण गुजार्न सकेको नदेखिदा जिकिर पुग्न नसक्ने । (प्र.नं.२८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4831 |
|---|---|
| मुद्दाको विषय | लागू औषध |
| निर्णय वर्ष / मिति | 2050/09/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५०, नि.नं. 4831 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
