नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4828 · वि.सं. २०५०

नि.नं. 4828 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) मुलुकी ऐन, अ.वं. ८५ नं. मा “अडडामा मुद्दा परि फैसला भएपछि सो फैसला उपर ऐन बमोजिमको पुनरावेदन नभै सोही मुद्दामा उस झगडियाका नाउँको फिराद लिई सुन्न हुँदैन लिएको भए पनि खारेज गरी दिनुपर्छ” भन्ने प्रावधान रहेको छ । यसै गरी अ.वं. ८९ नं. मा “एकै मुद्दामा एकजनाले एका अडडामा वादी र अर्को चाहिलै उसै मुद्दामा अर्को ठाउँमा वादी दिएछ वा एकै जनाले एकै मुद्दामा दुवै अडडामा वादी दिएछ भने अघि जहाँ जसको वादी परेको छ सो सदर हुन्छ पछिको वातिल गरी मुद्दा छिन्नुपर्छ” भन्ने व्यवस्था रहेको देखिंदा यस अनुसार एउटा विषयमा एक पटक वादी वा प्रतिवादी जे भए पनि पुनः नालिस गर्न पाउने नदेखिने । (प्र.नं. ८) (२) अदालतमा मुद्दा परि फैसला भइृ पुनरावेदन परि रहेको विषयमा पुनः नालिस गर्न जानु भनी सुनाएको अ.वं. ८५ र ८९ नं. को विपरित भै त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्र.नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4828
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2050/08/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५०, नि.नं. 4828
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्