नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4822 · वि.सं. २०५०
नि.नं. 4822 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) तत्काल बहाल रहेको जग्गा नाप जाँच ऐन, २०१९ को दफा (६) ७ बमोजिम नापी गोश्वाराले निर्णय गरिदिनु पर्नेमा यो उजुरी परिेसकेपछि भएको छैठौं संशोधनमा मात्र प्रारम्भ भएको दफा ६(९) लाई निर्णयको आधार मानी पश्चातदर्शी समेत प्रयोग हुने गरी गरेको निर्णय मिल्न नआएबाट रिट निवेदकको जग्गाहरुबाट रेखाङ्कन गरी कट्टा गरिएको प्रत्यर्थीको नाउँमा समावेश गरी गरिएको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी दिएको छ । तत्काल बहाल रहेको कानून व्यवस्था अनुसार कानून बमोजिम निर्णय गर्नु भनी विपक्षी कार्यालयका नाउँमा परमादेशको आदेश समेत जारी हुने । (प्र.नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4822 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2050/08/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा | माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५०, नि.नं. 4822 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
