नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4813 · वि.सं. २०५०
नि.नं. 4813 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) हाजिर भै काम नै नगरेको अवस्थाको तलब भत्ता दिने वाध्यता गराएको नदेखिने । (प्र.नं. ३) (२) नोकरीबाट अवकार दिएको वदर भई पुनर्वहाली पाएको भन्ने धारणाबाट मात्र हाजिर भै काम नै नगरेको अवधिको तलव भत्ता समेत पाउँछ भन्न तर्कसंगत समेत देखिन नआउने र सो नपाउने कुराको पत्र पठाउने क्षेत्रीय सहकारी कार्यालयलाई विपक्षी समेत बनाएको नदेखिएको हुँदा यस स्थितिमा निवेदन माग बमोजिम रिट जारी गर्न मिल्ने अवस्था देखिन नआएकोले विपक्षीहरुबाट लिखित जवाफ मगाई रहनु आवश्यक नहुँदा रिट निवेदन खारेज हुने । (प्र.नं. ३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4813 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2050/06/24 |
| अदालत / इजलास | एक न्यायाधीशको इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अरबिन्दनाथ आचार्य |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५०, नि.नं. 4813 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
