नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4809 · वि.सं. २०५०

नि.नं. 4809 — उत्प्रेषण लगायतका आज्ञा, आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) प्रस्तुत विवादको विषयवस्तु रैकर परिणत मोही वा जग्गाधनी कसको नाउँमा हुने भन्ने भएको, समितिमा पेश गर्ने निर्णयमा जग्गा नापजाँच ऐन, २०१९ को दफा ६(७) को व्यवस्था अनुसार प्रमाण बलियो हुनेका नाउँमा अस्थायी दर्ता गर्ने भन्ने उक्त विवादित निर्णयमा उल्लेख भएको पाइयो । यस्तो विषय मालपोत ऐन, २०३४ को दफा ७(२) अन्तर्गत शुद्ध छुट दर्ताको विषय नदेखिएकोले समितिमा पेश गर्नु पर्ने विषय देखिएन । यसरी समितिले सिफारिश गर्ने विषयगत क्षेत्राधिकार भित्र नपर्ने विषयलाई समितिमा पेश गर्ने भनी गरेको निर्णय अ.वं. ३५ नं. अनुसार शुरुदेखि नै कानूनी प्रभावहीन हुँदा कानूनी मान्यता नपाउने । (प्र. नं. १०) (२) निर्णय अन्तिम नभै समितिमा पठाउनेसम्म भएको र सो सम्बन्धमा अधिकार प्राप्त अधिकारीबाट कानून बमोजिम निर्णय गर्न बाँकी नै देखिँदा कानूनी मान्यता नभएको निर्णय कारवाहीबाट निवेदकको हकमा आघात पुर्‍याएको भन्न हालको अवस्थामा नमिल्ने हुँदा निवेदन माग बमोजिमको आदेश जारी गरी रहन परेन । रिट निवेदन खारेज हुने । (प्र. नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4809
मुद्दाको विषयउत्प्रेषण लगायतका आज्ञा, आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2050/08/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा
उद्धरण सन्दर्भने.का.प. २०५०, नि.नं. 4809
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्